रियाद– साउदी नेतृत्वको सैनिक गठबन्धनले बालबालिका रहेको बसमा भएको आक्रमण ‘गलत’ भएको शनिबार जनाएको छ।
यमनमा सन २०१५ देखि तैनाथ गठबन्धन सेनाबाट अगस्टमा भएको उक्त आक्रमणमा ४० जना बालबालिकासहित ५१ जनाको मृत्यु भएको थियो। जसको विश्वभर आलोचना भएपछि गठबन्धनले अनुसन्धान सुरु गरेको थियो।
गठबन्धनबाट गरिएको छानबिनमा उक्त घटनामा कमजोरी भएको पाइएको जनाएको छ। एक अधिकारीले भने, ‘व्यस्त बजारमा गुडिरहेको बसमा हवाई आक्रमण हुनु ‘गलत’ भएको जनाउँदै यसमा सम्लग्न दोषीलाई कानूनी दायरामा ल्याइने छ।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।