• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

किन खन्याउँदैछ साउदीले फुटबलमा पैसा? 

64x64
नेपाल लाइभ सोमबार, साउन २२, २०८०  ०८:५७
1140x725
फुटबल क्लब अल नासरका खेलाडी, रोनाल्डोसहित (तस्बिर: अल नासर)

काठमाडौं– कुनै समय आप्रवासी मजदुरको थलो बनेको साउदी अरबको अहिले परिचय फेरिएको छ– युरोपका फुटबलरको नयाँ गन्तव्य। विश्व फुटबलका महारथी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धन गरेर फुटबल जगतमा सनसनी मच्चाएको साउदी अरबले अहिले युरोपका ‘टप’ खेलाडीलाई भित्र्याइरहेको छ, भित्र्याउने क्रम अझै जारी छ।

खेलाडी अनुबन्धनमा यो सिजन साउदी प्रो लिगले युरोपको चर्चित लिग स्पेनिस ला–लिगालाईसमेत उछिनेको छ। खेलाडी अनुबन्धनमा साउदी प्रो क्लब लिग क्लबहरूले यस समरमा अहिलेसम्म ४०९ मिलियन यूरो खर्च गर्दा ला–लिगाले जम्माजम्मी २५४ मिलियन यूरो मात्रै खर्च गरेको छ।

जसकारण अहिलेसम्मको तथ्यांकलाई हेर्दा खेलाडी अनुबन्धनमा प्रो लिग क्लबले ला–लिगालाईसमेत उछिनेको छ। साउदीले फुटबलमा गरेको लगानी देखेर फुटबल जगतका जानकारहरु नै चकित पर्न थालेका छन्। कुनै समय चीनले यसैगरी फुटबलमा लगानी गरेको थियो, अहिले साउदीले त्यही शैलीमा फुटबलमा लगानी गरेको छ।

आखिर किन गर्दैछ साउदीले फुटबमा अरबौंको खर्च?
एसियाकै उत्कृष्ट लिग

कुनै समय गल्फमा रकम खन्याएको साउदीको सरकारी लगानी कोष पीआईएफले अहिले फुटबलमा रकम खर्च गरेको छ। पीआईएफले घरेलु लिगलाई एसियाकै उत्कृष्ट लिग बनाउने उदेश्यले अहिले रकम खर्च गरिरहेको छ।

जसअनुसार पीआईएफले प्रो लिग चार क्लबको केही स्वामित्वसमेत आफैंले लिएको छ। अल अह्ली, अल इत्तिहाद, अल हिलाल र अल नासरको स्वामित्व पीआईएफले लिएको छ। न्यूयोर्क टाइम्सका अनुसार इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडको ८० प्रतिशत सेयर खरिद गरेको पीआईएफले साउदीका यी चार क्लबमा ७५/७५ प्रतिशत सेयर खरिद गरेको छ।

बाँकी २५/२५ प्रतिशत भने गैरनाफामूलक संस्थाको नाममा रहनेछ। संस्थाको नेतृत्वमा तिनै क्लबका सदस्य रहनेछन्। साउदीका केही ठूला कम्पनीले अरु क्लबको स्वामित्व लिँदैछन्। जसकारण फुटबलमा अरबौं रकम खर्चेर फुटबलरको नयाँ गन्तव्य बन्ने दाउमा साउदी अरब छ।

अर्जेन्टिनाको हारको देखिएको उर्जा
साउदीले फुटबलमा लगानी गर्नुको अर्को मुख्य कारण अर्जेन्टिनालाई पराजित गर्दा देखिएको उर्जासँग जोडेर हेरिएको छ। कतार विश्वकपको समूह चरणको पहिलो खेलमा साउदीले सनसनी मच्चाएको थियो।

फुटबलको पावर हाउस मानिएको लियोनल मेसीको टिमलाई साउदीले हराउँदै ऐतिहासिक जित निकाल्दै सनसनी मच्चाएको थियो। अर्जेन्टिनालाई २–१ गोलले हराएको साउदीले कतार विश्वकपमा राम्रो प्रर्दशन गर्‍यो। फुटबलको उक्त ऐतिहासिक जितपछि हौसिएको साउदीले फुटबलमा अरबौं रकम खर्चेको भनेर विश्लेषण पनि गरिन्छ। अर्जेन्टिनामाथिको उक्त जितको खुसी साउदीसँग अझै बाँकी नै रहेको र त्यसैको प्रभाव अहिलेको अर्बौं लगानीलाई जोडेर पनि हेरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मिसन २०३०
कतारले विश्वकप आयोजना गरेर विश्वसामू आफूलाई फुटबलमा परिचित बनायो। विभिन्न आलोचना र विवाद रहँदा पनि कतारले सफलतापूर्वक विश्वकप सम्पन्न गर्‍यो। कतारको विश्वकपबाट लोभिएको साउदीको अबको लक्ष्य पनि विश्वकप आयोजना छ।

सन् २०३० को विश्वकप आयोजना गर्ने उदेश्यले अहिले साउदीले फुटबलमा लगानी बढाएको भनेर पनि विश्लेषण गरिएको छ। न्यूयोर्क टाइम्सका अनुसार साउदीको योजना घरेलु लिगलाई युरोपका ठूला लिगको उचाइमा पुर्‍याउनेभन्दा पनि विश्वकप आयोजनासँग जोडिएको छ।

अन्य कारण
अन्य कारणहरु भने पर्यटन, व्यवसाय, राजश्वहरु पनि जोडिएका छन्। क्लबहरुलाई खेलाडी सम्झौताका लागि कुनै रकमको सीमा तोकिएको छैन। जसकारण उनीहरुले चाहेको रकम खर्चेर खेलाडी अनुबन्धन गर्न पाउँछन्।

साउदीका सबै क्लब पहिलेबाटै त्यहाँको खेलकुद मन्त्रालयको अधीनमा छन्। अब भने यिनको सञ्चालन पद्धतिमा केही परिवर्तन गर्न खोजिएको छ। तर त्यो परिवर्तन कस्तो हुने खुलाइएको छैन।

साउदी गएका केही चर्चित फुटबलहरु 
पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा अनुबन्धित भएर सबैलाई चकित पारेका थिए। उनी गत विन्टर सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर साउदी पुगेका थिए।

साउदी क्लब अल नासरले उनीसँग दुई वर्षको सम्झौता गरेको छ। अल नासरले रोनाल्डोलाई कीर्तिमानी मूल्य वार्षिक १ सय ७५ मिलियन पाउन्डको सम्झौता गरेको थियो।

रियल मड्रिडका अर्का स्टार खेलाडी करिम बेन्जिमा पनि साउदी पुगेका छन्। उनी साउदी क्लब अल इत्तिहादमा आबद्ध भएका छन्। बालोन डीओर विजेता बेन्जिमाले सन् २०२५ सम्मको सम्झौता गरेका छन्।

त्यसैगरी चेल्सी छाडेर अल इत्तिहादमै आबद्ध भएका छन् अर्का चर्चित खेलाडी कान्टे। फ्रान्सका मिडफिल्डर कान्टे प्रतिवर्ष १०८ मिलियन पाउण्डको सम्झौता गर्दै साउदी पुगेका हुन्।

चेल्सीकै खेलाडी एडवर्ड मेन्डी पनि साउदी पुगेका अर्का चर्चित खेलाडी हुन्। यी गोलरक्षक अल अहलीमा २०.२४ मिलियन पाउण्डमा आबद्ध भएका हुन्।

ब्राजिलियन विंगर तथा लिभरपुलका रोबर्टो फिर्मिन्हो पनि साउदी क्लब अल अहलीमा आबद्ध भएका छन्। जोटा पनि अल इत्तिहादमा तीन वर्षको सम्झौता गर्दै साउदी पुगेका छन्।

इंग्लिस क्लब उम्भरह्याम्टनका रुबेन नेम्स साउदी प्रो लिग क्लब अल हिलालमा, लिभरपुलका जोर्डन् हेन्डरसन अल इत्तिफाकमा आबद्ध भएका छन्। चेल्सीका कुलिवाली अल हिलालमा, म्यानचेस्टर सिटीका महरेज अल अहलीमा आबद्ध भएका छन्। बार्यन म्युनिखका साडिओ माने अल नासरमा आबद्ध भएका छन्।

यीसँगै अन्य चर्चित खेलाडीहरु पनि अहिले साउदीको प्रो लिग क्लबमा आबद्ध भएका छन्। साउदी क्लबहरु अझै चर्चित खेलाडीहरु अनुबन्धनको दाउमा छन्। उनीहरुले अर्का स्टार मेसीदेखि एमबाप्पेसम्मलाई समेत साउदी ल्याउन पहल गरेका थिए। यद्यपि, यी दुईको हकमा भने साउदी क्लब सफल हुन सकेनन्।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी
हुथी विद्रोहीले रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने खोजेको साउदीको दाबी
मध्यपूर्व तनाव : ट्रम्पले भ्रमण छोट्टाए, ९ देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भदौ महिना मात्रै बिजुली बेचेर ५ अर्बभन्दा बढी आम्दानी आइतबार, असोज ४, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी आइतबार, असोज ४, २०८३
हुथी विद्रोहीले रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने खोजेको साउदीको दाबी आइतबार, असोज ४, २०८३
मध्यपूर्व तनाव : ट्रम्पले भ्रमण छोट्टाए, ९ देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह आइतबार, असोज ४, २०८३
हिन्दू राष्ट्रको बहस गरेर मात्रै हिन्दू धर्म वा मौलिक संस्कृति जोगिँदैन : अधिकारी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्