काठमाडौं– नेपाल चिकित्सक संघले ५ हजार भन्दा बढी डाक्टरको नेपाल मेडिकल काउन्सिल प्रमाण पत्र (लाइसेन्स) मेडिकल काउन्सिललाई फिर्ता गर्ने भएको छ। संघले आइतबार काउन्सिलमा लगेर डाक्टरहरुको लाइसेन्स फिर्ता गर्ने भएको हो।
डाक्टरले लाइसेन्स बुझाएपछि बिरामी जाँच गर्न पाउँदैनन्। संघले देशभरका १६ शाखाबाट ५ हजार भन्दा बढी लाइसेन्स संकलन गरेको थियो। संकलन भएका सबै लाइसेन्स काउन्सिलमा बुझाउने निर्णय भएको संघका महासचिव डा लोचन कार्कीले जानकारी दिए।
भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै संघ विरोधमा उत्रेको छ।
काउन्सिलको तथ्यांक अनुसार नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।