काठमाडौं – सहकारी पीडित र सरकारबीच ७ बुँदे सम्झौता भएको छ। बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जीता श्रेष्ठ चौधरी र पीडितका प्रतिनिधिबीच छलफल भएको थियो।
२ महिनादेखि माइतीघर मण्डलामा आन्दोलनरत पीडित पक्षले बिहीबार संसद् भवनतर्फ र्याली गरेको थियो। पीडितहरू निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले धरकपड गर्दा केही घाइते पनि भएका छन्। र्यालीका कारण माइतीघर-नयाँबानेश्वर सडक दिनभर अवरुद्ध भएको थियो। पीडित पक्षले आन्दोलन चर्काएपछि सरकारले वार्ताका लागि आह्वान गरेको थियो।
छलफलमा सहकारी संस्थामा भएको बचतकर्ताको रकम फिर्ता गर्नेसहित ७ बुँदे सम्झौता भएको हो। सम्झौतासँगै पीडित पक्षले आन्दोलन स्थगित गर्ने भएका छन्।
सरकारसँग भएका ७ बुँदे सम्झौता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।