काठमाडौं– राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डरमा हरिस निरौला ‘कक्रोज’ नियुक्त भएका छन्। सोमबार काठमाडौंमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो।
कार्यक्रममा बोल्दै कक्रोजले बजारमा आएका विभिन्न राइडिङ शेयर एप भएता पनि ति विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गरे। सवारी नितान्त नेपाली युवाहरुले निर्माण गरेको हुदाँ सबैले यसलाई प्रयोग गर्न अनुरोध गरे।
कार्यक्रमका विशेष अतिथि दीपक आचार्यले सवारीले देशमै रोजगारीको सिर्जन गर्न टेवा पुर्याउनेमा विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन, विचारलाई प्रोत्साहन गर्न अनुरोध गरे।
नेपाली युवाहरु प्रसिद्ध नेपाल र खगेन्द्र मिलेर यो सेवा सुरुवात गरेका हुन्। कार्यक्रममा बोल्दै सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरूले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ रुपमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।