काठमाडौं– अमेरिकी प्रिमियम केवल तथा स्याटलाइट टेलिभिजन सञ्जाल होम बक्स अफिस (एचबीओ)को चर्चित सिरिज ‘युफोरिया’का स्टार अभिनेता एंगस क्लाउडको मृत्यु भएको छ।
उनको २५ वर्षकै उमेरमा क्यालिफोर्नियाको ओकल्यान्डस्थित घरमा मृत्यु भएको बीबीसीले जनाएको छ।
‘हामीले गह्रौं मन बनाएर अविश्वसनीय मान्छेलाई गुडबाइ गरेका छौं,’ परिवारले विज्ञप्ति जारी गर्दै भनेको छ।क्लाउड
परिवारका अनुसार उनी मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्यासँग जुधिरहेका थिए।
उनको मृत्युको यथार्थ कारण अझै खुलेको छ। दुई हप्ताअघि उनले इन्स्टाग्राममा आफ्ना पिताको तस्बिर राख्दै लेखेका थिए- मिस यु ब्रेह!
आयरल्यान्डबाट फर्केपछि उनी आत्महत्या गर्ने विचारसँग जुधिरहेको पारिवारिक स्रोतले जनाएको छ। उनी त्यसबाट बाहिर आउने कोसिसमा थिए, तर नसकेको परिवारका सदस्यको भनाइ छ।
‘क्लाउडको मृत्युले हामीलाई निकै दु:खी बनाएको छ। उनी असाध्यै प्रतिभाशाली हुनुका साथै एचबीओ र युफोरिया परिवारका प्रिय थिए,’ एचबीओले विज्ञप्तिमा भनेको छ।
क्लाउडले नर्थ हलिउड र द लाइन गरी २ वटा फिल्ममा काम गरेका थिए। थुप्रै म्यूजिक भिडियोमा पनि देखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।