• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

किन उकालो लागिरहेको छ गोलभेँडाको मूल्य?

64x64
कल्पना घिमिरे आइतबार, साउन १४, २०८०  २०:२६
1140x725

काठमाडौं– आइतबार बिहान कलंकीको एक पसलमा आएका ग्राहक गोलभेँडा नपाउँदा रित्तो हात फर्किए। सो पसलमा गोलभेँडा ल्याउने वित्तिकै सकिइसकेको थियो। पसल सञ्चालक गोमा खनाल मँहगो भएकाले अघिल्लो दिनकोभन्दा आधा परिमाण मात्रै ल्याउँदा गोलभेँडा अभाव भएको बताउँछिन्।

‘आज उतै १२० रुपैयाँ किलो छ। हामीले ल्याएर कतिमा बिक्री गर्ने? बर्खाको समय छ। महँगो भएको बेला बिक्री नहुन सक्छ। एक दिनभन्दा बढी रह्यो भने कुहिन्छ भनेर थोरै ल्याएँ। अहिले पुगेन,’ उनी सुनाउँछिन्।

उक्त पसलमा गोलभेँडा किन्न आएकी एक महिलालाई अर्की महिलाले भन्दै थिइन्, ‘मैले एक किलो लगेको छु आधा बाढौँला। मैले १४० रुपैयाँ किलो लगेको तपाईंले आधा किलोको ७० रुपैयाँ मलाई दिनूस्।’

कालिमाटीमा १ सय २० रुपैयाँ केजी भएको भन्दै ती व्यापारीले प्रतिकेजी १४० रुपैयाँमा बिक्री गरेकी रहिछन्। 

तर, कालिमाटी तरकारी बजार विकास समितिले राखेको दैनिक बजार मूल्य सूचीमा नेपाली ठूलो गोलभेँडा प्रतिकेजी अधिकतम ११० रुपैयाँ मात्रै राखिएको छ। यस्तै सानो लोकल अधिकतम ५५ रुपैयाँ केजी र टनेलको सानो गोलभेँडा ७५ रुपैयाँ केजी रहेको छ।

कालीमाटी तरकारी बजार विकास समितिका उपनिर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठले आफूहरुले बजार अनुगमन गरेको बेलमा व्यापारीले बिक्री गरेको मूल्य समितीको दैनिक मूल्य सूचीमा राख्ने गरेको बताए।

‘हुन सक्छ बजारमा बिक्री हुने कुनै पनि वस्तुको मूल्य हामी निर्धारण गर्ने होइन। व्यापारीले आफैँ मूल्य राखेर बिक्री गर्छन्। हामी बजारमा जानुभन्दा पहिला गोलभेँडा १२० थियो होला। कसले कुन व्यपारीसँग कुन जातको गोलभेँडा किन्यो? कति परिमाण भन्ने कुरामा पनि भर पर्छ। हामीले क्यारेटको हिसाबले मूल्य लिन्छौँ र हाम्रो समितिको वेबसाइटमा राख्छौँ,’ उनले भने।

माग र आपूर्तिको तालमेल नमिल्नु
यस्तै अहिले बजारमा गोलभेँडाको मूल्य उकालो लाग्नुमा उत्पादन कम भएर माग र आपूर्तिको तालेमेल नमिल्नु प्रमुख कारण बताउँछन् श्रेष्ठ।

Ncell 2
Ncell 2

‘अहिले अफ सिजन हो। वर्षात बढी भइरहेको छ। यस्तो बेला किसानको बारीमै गोलभेँडा कुहिएर खेर जान्छ। तैपनि केही किसानले टनेलमा उत्पादन गरिरहेका छन्। तर टनेलबाट मागअनुसार उत्पादन हुन सकेको छैन। माग यथावत छ भने उत्पादन घट्दो छ। त्यसले यो सिजनमा मूल्य उकालो लाग्न नै भयो,’ उनले भने। अघिल्ला वर्षहरुमा पनि यो सिजनमा गोलभेँडाको मूल्य बढेकै हो। अहिले त भारतमा समेत निर्यात भइरहेको छ।’

मौसम अनुकुल हुँदा उत्पादन घटेको र भारतमा निर्यात भएकाले मूल्य बढेको उनको भनाइ छ। 

अहिले दैनिक करिब ५ हजार मेट्रिक टन नेपाली सानो गोलभेँडा बजारमा आउने गरेको श्रेष्ठ बताउँछन्। कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गोलभेँडा, लोकल सानो गोलभेँडा र टनेल सानो गोलभेँडा गरी तीन किसिमका गोलभेँडा बिक्री भएको समितिको दैनिक बजार मूल्य सूचीमा उल्लेख छ। तर समितिको दैनिक आगमनको तथ्यांकमा भने सानो गोलभेँडाको मात्र तथ्यांक उल्लेख छ। सो गोलभेँडा आइतबार ४२ हजार ९५० केजी मात्रै बजारमा आएको देखाइएको छ। 

जस अनुसार समितिले दैनिक बजार आगमनको तथ्यांकमा बजारमा बिक्री गर्न ल्याइएका सबै वस्तुको तथ्यांक नराखेको बुझिन्छ।

डेढ करोडको गोलभेँडा भारत निर्यात
नेपालले आर्थिक वर्ष २०७९/८० को असार महिनामा मात्रै डेढ करोड रुपैयाँको गोलभेँडा भारत निर्यात गरेको छ। असारमा नेपालले १ करोड ४९ लाख ४ हजार रुपैयाँको १ हजार ९४ मेट्रिक टन गोलभेँडा भारतमा निर्यात गरेको केन्द्रीय भन्सार विभागले जनाएको छ।

यसअघि भारतबाट गोलभेँडा ठूलो परिमाणमा आयात हुने गरेको थियो। गत असारमा नेपाली गोलभेँडाले बजार मूल्य नै नपाउँदा कालिमाटीमा सडकमा गोलभेँडा पोखेर आन्दोलित भए। त्यसपछि भारतीय व्यपारीहरुले नेपाली गोलभेँडा आयात गर्न थालेको र नेपालमा मूल्य बढेको किसानहरुको भनाइ छ।

नेपाल-भारत सीमामा गोलभेँडा तस्करी 
भारतमा गोलभेँडाको मूल्य आकासिएपछि उत्तर प्रदेशसँग जोडिएको नेपाल-भारत सीमामा यसको तस्करी बढेको छ।

भारतमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकिलो १५० भारतीय रुपैयाँ र सहरी क्षेत्रमा २०० भारतीय रुपैयाँ पुगेको छ। यसले सर्वसाधारणलाई मार पारे पनि तस्करहरूले भने कमाउने अवसर पाए जस्तो देखिन्छ।

हालै झन्डै ३ हजार केजी टमाटर भरिएका दुई वटा पिकअप ट्रक सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ।

पश्चिम नेपालको नेपालगन्जस्थित बीबीसी संवाददाता विमला चौधरी त्यहाँका तरकारी व्यवसायीले नेपालबाट ठूलो परिमाणमा टमाटर भारत पठाउने गरेको बताउँछिन्।

नेपालगन्जको तरकारी बजारमा अहिले गोलभेँडाको मूल्य प्रतिकिलो ६० रुपैयाँजति छ। सीमापारि भारतमा त्यसको मूल्य ३२० रुपैयाँ (२०० भारतीय रुपैयाँ) रहेको व्यवसायीहरू बताउँछन्।

सल्यानको कपुरकोटबाट ट्रकमा ढुवानी भएर आउने टमाटरमध्ये ६० प्रतिशत नेपालगन्जमा खपत हुने र ४० प्रतिशत भारतमा निकासी हुने गरेको व्यापारी मोहम्मद सलिम राईले बताए। झन्डै एक महिनादेखि नेपालबाट त्यसरी गोलभेँडा भारत पठाइँदै आएको उनले बताए। 

नेपालगन्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतीसरा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने गरेको बताइन्। तर उनका अनुसार अहिले नेपालगन्ज भन्सार कार्यालयले गरेको कडाइका कारण गोलभेँडा निकास गर्न कठिन भएको छ।

उत्तर प्रदेशको महाराजगन्ज जिल्लाका स्थानीय पत्रकार आशिष सोनीका अनुसार नेपाल–भारत सीमामा जुन महिनादेखि गोलभेँडा तस्करी भइरहेको छ।

पत्रकार सोनीलाई सीमामा गोलभेँडा तस्करी गर्ने एक युवाले बताएअनुसार ‘नेपालमा गोलभेँडा प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँमा पाइन्छ।’

ती युवक भन्छन्, ‘नेपालको रूपन्देही, सल्यान र अर्घाखाँचीका बजारबाट गोलभेँडा किनेर भारत पठाइन्छ। भारतका महाराजगन्ज र गोरखपुरको तरकारी बजारमा प्रतिकिलो ७० देखि ८० भारतीय रुपैयाँमा बिक्री हुने गरेको छ।’

तर, के चीनबाट नेपाल आएको गोलभेँडा पनि भारत पुगिरहेको छ? यसबारे नेपालका तरकारी व्यवसायी र सीमापार काम गर्ने मानिसहरूले भारत पुग्ने गोलभेँडा नेपालको बुटवल बजार र स्थानीय किसानका खेतबारीको रहेको बताए।

नेपालमा गोलभेँडा खेती ठूलो मात्रामा हुने र भारतीय बजारमा अहिले मूल्य बढेकाले मात्रै नेपालबाट गोलभेँडा तस्करी हुने गरेको स्थानीय पत्रकारहरू बताउँछन्। उनीहरूले हाल गोलभेँडा मात्र नभई बन्दा र काँक्रो पनि तस्करी हुने गरेको बताए।

उत्तर प्रदेशको महाराजगन्ज जिल्ला नेपाल-भारत सीमामा छ। उक्त जिल्लाको झन्डै ८४ किलोमिटर भागमा नेपाल र भारतबीच खुला सीमा छ। महाराजगन्ज नेपालको दक्षिणमा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको क्षेत्र गोरखपुरको उत्तरमा पर्छ। यहाँ दुई देशबीच मुख्य दुई वटा सीमा जाँच चौकी छन्।

तीमध्ये सबैभन्दा प्रचलित नाका सोनौली हो। सोनौलीबाट नेपालको भैरहवा केही किलोमिटरको दूरमा मात्र छ। अर्को नाका ठूठीबारी हो। सीमामा भारततर्फ सशस्त्र सीमा बल, भन्सार, यूपी प्रहरी लगायतले सुरक्षा व्यवस्था र आयात–निर्यातको निगरानी राख्छन्। तर खुला सीमाका कारण यहाँ तस्करी सहज हुने गरेको छ। 

तस्करहरूले दुवै देशको बजार हेरिरहेका हुन्छन् र दुई देशबीच मूल्य फरक भए समान मूल्यमा तस्करी गर्न थाल्छन्। सीमावर्ती गाउँपालिकामा बसोबास गर्ने व्यापारी, बेरोजगार र गाउँलेहरू यस्ता गतिविधिमा संलग्न हुने गरेका छन्।
स्थानीय बासिन्दालाई सीमा आसपासका हरेक सडकपेटी र गल्लीबारे जानकारी भएकाले सजिलै सामान ओसारपसार गर्न सक्ने बताइन्छ।

(बीबीसीको सहयोगमा)

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्