• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

किन उकालो लागिरहेको छ गोलभेँडाको मूल्य?

64x64
कल्पना घिमिरे आइतबार, साउन १४, २०८०  २०:२६
1140x725

काठमाडौं– आइतबार बिहान कलंकीको एक पसलमा आएका ग्राहक गोलभेँडा नपाउँदा रित्तो हात फर्किए। सो पसलमा गोलभेँडा ल्याउने वित्तिकै सकिइसकेको थियो। पसल सञ्चालक गोमा खनाल मँहगो भएकाले अघिल्लो दिनकोभन्दा आधा परिमाण मात्रै ल्याउँदा गोलभेँडा अभाव भएको बताउँछिन्।

‘आज उतै १२० रुपैयाँ किलो छ। हामीले ल्याएर कतिमा बिक्री गर्ने? बर्खाको समय छ। महँगो भएको बेला बिक्री नहुन सक्छ। एक दिनभन्दा बढी रह्यो भने कुहिन्छ भनेर थोरै ल्याएँ। अहिले पुगेन,’ उनी सुनाउँछिन्।

उक्त पसलमा गोलभेँडा किन्न आएकी एक महिलालाई अर्की महिलाले भन्दै थिइन्, ‘मैले एक किलो लगेको छु आधा बाढौँला। मैले १४० रुपैयाँ किलो लगेको तपाईंले आधा किलोको ७० रुपैयाँ मलाई दिनूस्।’

कालिमाटीमा १ सय २० रुपैयाँ केजी भएको भन्दै ती व्यापारीले प्रतिकेजी १४० रुपैयाँमा बिक्री गरेकी रहिछन्। 

तर, कालिमाटी तरकारी बजार विकास समितिले राखेको दैनिक बजार मूल्य सूचीमा नेपाली ठूलो गोलभेँडा प्रतिकेजी अधिकतम ११० रुपैयाँ मात्रै राखिएको छ। यस्तै सानो लोकल अधिकतम ५५ रुपैयाँ केजी र टनेलको सानो गोलभेँडा ७५ रुपैयाँ केजी रहेको छ।

कालीमाटी तरकारी बजार विकास समितिका उपनिर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठले आफूहरुले बजार अनुगमन गरेको बेलमा व्यापारीले बिक्री गरेको मूल्य समितीको दैनिक मूल्य सूचीमा राख्ने गरेको बताए।

‘हुन सक्छ बजारमा बिक्री हुने कुनै पनि वस्तुको मूल्य हामी निर्धारण गर्ने होइन। व्यापारीले आफैँ मूल्य राखेर बिक्री गर्छन्। हामी बजारमा जानुभन्दा पहिला गोलभेँडा १२० थियो होला। कसले कुन व्यपारीसँग कुन जातको गोलभेँडा किन्यो? कति परिमाण भन्ने कुरामा पनि भर पर्छ। हामीले क्यारेटको हिसाबले मूल्य लिन्छौँ र हाम्रो समितिको वेबसाइटमा राख्छौँ,’ उनले भने।

माग र आपूर्तिको तालमेल नमिल्नु
यस्तै अहिले बजारमा गोलभेँडाको मूल्य उकालो लाग्नुमा उत्पादन कम भएर माग र आपूर्तिको तालेमेल नमिल्नु प्रमुख कारण बताउँछन् श्रेष्ठ।

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिले अफ सिजन हो। वर्षात बढी भइरहेको छ। यस्तो बेला किसानको बारीमै गोलभेँडा कुहिएर खेर जान्छ। तैपनि केही किसानले टनेलमा उत्पादन गरिरहेका छन्। तर टनेलबाट मागअनुसार उत्पादन हुन सकेको छैन। माग यथावत छ भने उत्पादन घट्दो छ। त्यसले यो सिजनमा मूल्य उकालो लाग्न नै भयो,’ उनले भने। अघिल्ला वर्षहरुमा पनि यो सिजनमा गोलभेँडाको मूल्य बढेकै हो। अहिले त भारतमा समेत निर्यात भइरहेको छ।’

मौसम अनुकुल हुँदा उत्पादन घटेको र भारतमा निर्यात भएकाले मूल्य बढेको उनको भनाइ छ। 

अहिले दैनिक करिब ५ हजार मेट्रिक टन नेपाली सानो गोलभेँडा बजारमा आउने गरेको श्रेष्ठ बताउँछन्। कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गोलभेँडा, लोकल सानो गोलभेँडा र टनेल सानो गोलभेँडा गरी तीन किसिमका गोलभेँडा बिक्री भएको समितिको दैनिक बजार मूल्य सूचीमा उल्लेख छ। तर समितिको दैनिक आगमनको तथ्यांकमा भने सानो गोलभेँडाको मात्र तथ्यांक उल्लेख छ। सो गोलभेँडा आइतबार ४२ हजार ९५० केजी मात्रै बजारमा आएको देखाइएको छ। 

जस अनुसार समितिले दैनिक बजार आगमनको तथ्यांकमा बजारमा बिक्री गर्न ल्याइएका सबै वस्तुको तथ्यांक नराखेको बुझिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डेढ करोडको गोलभेँडा भारत निर्यात
नेपालले आर्थिक वर्ष २०७९/८० को असार महिनामा मात्रै डेढ करोड रुपैयाँको गोलभेँडा भारत निर्यात गरेको छ। असारमा नेपालले १ करोड ४९ लाख ४ हजार रुपैयाँको १ हजार ९४ मेट्रिक टन गोलभेँडा भारतमा निर्यात गरेको केन्द्रीय भन्सार विभागले जनाएको छ।

यसअघि भारतबाट गोलभेँडा ठूलो परिमाणमा आयात हुने गरेको थियो। गत असारमा नेपाली गोलभेँडाले बजार मूल्य नै नपाउँदा कालिमाटीमा सडकमा गोलभेँडा पोखेर आन्दोलित भए। त्यसपछि भारतीय व्यपारीहरुले नेपाली गोलभेँडा आयात गर्न थालेको र नेपालमा मूल्य बढेको किसानहरुको भनाइ छ।

नेपाल-भारत सीमामा गोलभेँडा तस्करी 
भारतमा गोलभेँडाको मूल्य आकासिएपछि उत्तर प्रदेशसँग जोडिएको नेपाल-भारत सीमामा यसको तस्करी बढेको छ।

भारतमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकिलो १५० भारतीय रुपैयाँ र सहरी क्षेत्रमा २०० भारतीय रुपैयाँ पुगेको छ। यसले सर्वसाधारणलाई मार पारे पनि तस्करहरूले भने कमाउने अवसर पाए जस्तो देखिन्छ।

हालै झन्डै ३ हजार केजी टमाटर भरिएका दुई वटा पिकअप ट्रक सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ।

पश्चिम नेपालको नेपालगन्जस्थित बीबीसी संवाददाता विमला चौधरी त्यहाँका तरकारी व्यवसायीले नेपालबाट ठूलो परिमाणमा टमाटर भारत पठाउने गरेको बताउँछिन्।

नेपालगन्जको तरकारी बजारमा अहिले गोलभेँडाको मूल्य प्रतिकिलो ६० रुपैयाँजति छ। सीमापारि भारतमा त्यसको मूल्य ३२० रुपैयाँ (२०० भारतीय रुपैयाँ) रहेको व्यवसायीहरू बताउँछन्।

सल्यानको कपुरकोटबाट ट्रकमा ढुवानी भएर आउने टमाटरमध्ये ६० प्रतिशत नेपालगन्जमा खपत हुने र ४० प्रतिशत भारतमा निकासी हुने गरेको व्यापारी मोहम्मद सलिम राईले बताए। झन्डै एक महिनादेखि नेपालबाट त्यसरी गोलभेँडा भारत पठाइँदै आएको उनले बताए। 

नेपालगन्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतीसरा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने गरेको बताइन्। तर उनका अनुसार अहिले नेपालगन्ज भन्सार कार्यालयले गरेको कडाइका कारण गोलभेँडा निकास गर्न कठिन भएको छ।

उत्तर प्रदेशको महाराजगन्ज जिल्लाका स्थानीय पत्रकार आशिष सोनीका अनुसार नेपाल–भारत सीमामा जुन महिनादेखि गोलभेँडा तस्करी भइरहेको छ।

पत्रकार सोनीलाई सीमामा गोलभेँडा तस्करी गर्ने एक युवाले बताएअनुसार ‘नेपालमा गोलभेँडा प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँमा पाइन्छ।’

ती युवक भन्छन्, ‘नेपालको रूपन्देही, सल्यान र अर्घाखाँचीका बजारबाट गोलभेँडा किनेर भारत पठाइन्छ। भारतका महाराजगन्ज र गोरखपुरको तरकारी बजारमा प्रतिकिलो ७० देखि ८० भारतीय रुपैयाँमा बिक्री हुने गरेको छ।’

तर, के चीनबाट नेपाल आएको गोलभेँडा पनि भारत पुगिरहेको छ? यसबारे नेपालका तरकारी व्यवसायी र सीमापार काम गर्ने मानिसहरूले भारत पुग्ने गोलभेँडा नेपालको बुटवल बजार र स्थानीय किसानका खेतबारीको रहेको बताए।

नेपालमा गोलभेँडा खेती ठूलो मात्रामा हुने र भारतीय बजारमा अहिले मूल्य बढेकाले मात्रै नेपालबाट गोलभेँडा तस्करी हुने गरेको स्थानीय पत्रकारहरू बताउँछन्। उनीहरूले हाल गोलभेँडा मात्र नभई बन्दा र काँक्रो पनि तस्करी हुने गरेको बताए।

उत्तर प्रदेशको महाराजगन्ज जिल्ला नेपाल-भारत सीमामा छ। उक्त जिल्लाको झन्डै ८४ किलोमिटर भागमा नेपाल र भारतबीच खुला सीमा छ। महाराजगन्ज नेपालको दक्षिणमा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको क्षेत्र गोरखपुरको उत्तरमा पर्छ। यहाँ दुई देशबीच मुख्य दुई वटा सीमा जाँच चौकी छन्।

तीमध्ये सबैभन्दा प्रचलित नाका सोनौली हो। सोनौलीबाट नेपालको भैरहवा केही किलोमिटरको दूरमा मात्र छ। अर्को नाका ठूठीबारी हो। सीमामा भारततर्फ सशस्त्र सीमा बल, भन्सार, यूपी प्रहरी लगायतले सुरक्षा व्यवस्था र आयात–निर्यातको निगरानी राख्छन्। तर खुला सीमाका कारण यहाँ तस्करी सहज हुने गरेको छ। 

तस्करहरूले दुवै देशको बजार हेरिरहेका हुन्छन् र दुई देशबीच मूल्य फरक भए समान मूल्यमा तस्करी गर्न थाल्छन्। सीमावर्ती गाउँपालिकामा बसोबास गर्ने व्यापारी, बेरोजगार र गाउँलेहरू यस्ता गतिविधिमा संलग्न हुने गरेका छन्।
स्थानीय बासिन्दालाई सीमा आसपासका हरेक सडकपेटी र गल्लीबारे जानकारी भएकाले सजिलै सामान ओसारपसार गर्न सक्ने बताइन्छ।

(बीबीसीको सहयोगमा)

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्