काठमाडौं– आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ।
प्रहरीले ताम्राकारको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबमा परीक्षण गर्दा ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।
सारुक मृत्यको घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार उनले सुसाइड नोटमा कसैलाई पनि आक्षेप लगाएका छैनन्। उनले आफूबाट कमजोरी भएको र त्यसमा कसैलाई दु:ख नदिन भनेर नोटमा लेखेको ती अनुसन्धान अधिकृतको भनाइ छ।
‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु होला। यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो। लेट मि रेस्ट इन पिस। धन्यवाद,’ ताम्राकारको सुसाइड नोटको ब्यहोरा उद्धृत गर्दै प्रहरी स्रतोले भन्यो।
सारुक गत असार २१ गते, बिहीबार साँझ काठमाडौंको रातोपुलस्थित आफ्नो घरमा मृत फेला परेका थिए। प्रहरीले घटनास्थलमा चेकजाँच गर्दा कुनै नोट फेला पारेको थिएन्। घटनास्थलमा फेला परेको उनको मोबाइल प्रहरीले परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।