काठमाडौं– बलिउड अभिनेता फरदिन खान लामो समयदेखि पर्दाबाट टाढा छन्। तर उनको व्यक्तिगत जीवनबारे एउटा खुलासा भएको छ।
फरदीन खान र उनकी श्रीमती नताशा माधवानीले आफ्नो १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याउने निर्णय गरेका छन्।
बलिउड सञ्चारमाध्यमका अनुसार यो जोडी लामो समयदेखि एकअर्काबाट अलग बस्दै आएको छ। फरदीन आफ्नी आमासँग मुम्बईमा बस्दै आएका छन् भने उनकी श्रीमती नताशा लन्डनमा छन्।
दुवै अलग बसेको एक वर्षभन्दा बढी भइसकेको छ। अहिले यी दुईबीचको विवाद बाहिर आउन थालेको छ।
फरदीन खानकी पत्नी नताशा दिग्गज अभिनेत्री मुमताजकी छोरी हुन्। सन् २००५ मा यो जोडी विवाहको बन्धनमा बाँधिएको थियो।
दुवै छोरी डियान इसाबेला खान र एक छोरा अजारियस फरदीन खानका आमाबुवा हुन्।
फरदीनकी छोरी सन् २०१३ मा जन्मिएकी थिइन् भने छोराको सन् २०१७ मा जन्म भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।