काठमाडौं– हास्य कलाकार घनश्याम गौतम भक्तपुर क्यान्सर अस्पतलामा भर्ना भएका छन्।
लामो समयदेखि पेटको समस्या देखिएपछि उनी शुक्रबार अस्पताल भर्ना भएका थिए। उनलाई पेटको आन्द्राको क्यान्सर भएको अस्पतालले जनाएको छ।
उनी ‘नक्कली प्रचण्ड’ भनेर पनि चिनिन्छन्।
उनले विभिन्न टेलिसिरियल तथा स्टेज कार्यक्रमहरूमा प्राय: नक्कली प्रचण्डको अभिनय गर्ने गरेका छन्।
उनको उपचारमा सहयोगका लागि कलाकारहरूले अपिल समेत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।