• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एमबाप्पे: साउदीको मेगा अफर अस्वीकार, अबको गन्तव्य कता? 

रियल मड्रिड, लिभरपुल वा पीएसजी?
64x64
नेपाल लाइभ आइतबार, साउन १४, २०८०  १०:५७
1140x725

काठमाडौं– साउदी क्लब अल हिलालले गरेको विश्व कीर्तिमानी मेगा अफरलाई केलियन एमबाप्पेले ठाडै अस्वीकार गरेका छन्। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध रहेका एमबाप्पेलाई भित्र्याउनका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउन्डको मेगा प्रस्ताव गरेको थियो।

अल हिलालको उक्त प्रस्तावमा सहमति जनाउँदै पीएसजीले एमबाप्पेसँग थप वार्ता गर्न स्वीकृति दिएको थियो। पीएसजीको उक्त स्वीकृतीसँगै एमबाप्पेका एजेन्टलाई अल हिलालसँग कुराकानी गर्ने बाटो खुलेको थियो। तर एमबाप्पेले अहिले नै युरोप छाडेर साउदीको प्रो लिगमा नजाने भन्दै ठाडै अस्वीकार गरेपछि हिलालको मेगा प्रस्तावमा थप कुराकानी अघि बढ्न सकेन।

फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका २४ वर्षीय एमबाप्पेको पीएसजीमा अझै एक वर्ष सम्झौता बाँकी नै छ। उनले एक वर्षपछि पीएसजीमा आफ्नो सम्झौता नलम्ब्याउने बताइसकेका छन्। जसकारण अहिले नै एमबाप्पेलाई बेचेर महँगो रकम लिने दाउमा पीएसजी लागेको छ। 

सम्झौता नलम्ब्याउने बताएका एमबाप्पेलाई पीएसजीले प्रि–सिजनको टोली घोषणा गर्दा बाहिरै रोखेको थियो। त्यसपछि एमबाप्पे र पीएसजीको दूरी झनै बढेको छ। एक वर्षपछि सम्झौता सकिने भएकाले त्यतिबेला सित्तैमा स्टार खेलाडी एमबाप्पेलाई छाड्नुपर्ने भएकाले पीएसजी अहिले नै कुनै पनि हालतमा एमबाप्पेलाई बेच्ने रणनीतिमा छ।

इंग्लिस क्लब लिभरपुल, चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, सिरी ए क्लब इन्टर मिलान, ला–लिगा रियल मड्रिड अहिले एमबाप्पे भित्र्याउने रणनीतिमा लागेका छन्। यो एमबाप्पे भित्र्याउने दौडमा अहिले सबैभन्दा अगाडि इंग्लिस क्लब लिभरपुल छ। लिभरपुलले लोनमा एमबाप्पेलाई भित्र्याउन चाहेको र त्यसका लागि धेरै विषयमा कुराकानी भइरहेको दाबी स्पेनिस स्पोर्ट्स्‌ पत्रिका मार्काले उल्लेख गरेको छ।  यसका लागि लिभरपुल र पीएसजीबीच कुराकानी भइरहेको दाबी गरिएको छ। 

योसँगै एमबाप्पे जानसक्ने दोस्रो बलियो विकल्पको रुपमा रियल मड्रिडलाई हेरिएको छ। यसअघि अर्को सिजनको अन्त्यमा पीएसजी छाड्ने र रियल मिड्रिड जाने इच्छा स्वयम् एमबाप्पेले व्यक्त गरेका थिए।

त्यसमाथि करिम बेन्जेमाले रियल छाडेपछि उनको स्थानमा रियलले अर्को खेलाडी ल्याइसकेको छैन। जसकारण पनि एमबाप्पे रियल जानसक्ने आधारहरु रहेको बीबीसीले उल्लेख गरेको छ। रियल मड्रिडसँग भने अहिले खेलाडी खरिद तथा लोनका लागि जम्मा २३० मिलियन युरो अर्थात १९८ मिलियन पाउण्ड रकमको मात्रै बाउन्ड्री छ। यो भन्दा बढी रकम खर्च गरेको अवस्थामा ला–लिगाले रियललाई कारबाही गर्नेछ।

अहिले महँगो रकम लिएर एमबाप्पेलाई बेच्न नसकेको अवस्थामा महँगो रकम लिएर एक वर्षका लागि लोनमा भए पनि पठाउने रणनीतिमा पीएसजी छ। जसकारण लोनमा भए पनि एमबाप्पे पीएसजी जानसक्ने बताइन्छ। यदि भनेअनुसार कुनै क्लबमा आबद्ध नभएको अवस्थामा अबको एक सिजन एमबाप्पे पीएसजीमै बस्नुपर्ने हुन्छ। किनकि पीएसजीसँग उनको १ वर्ष सम्झौता बाँकी नै छ।

Ncell 2
Ncell 2

यसअघि पीएसजीले जापान टुरबाट एमबाप्पेलाई बाहिर राखेपछि फ्रान्सेली फुटबल युनियनले एमबाप्पेमाथि ‘नैतिक उत्पीडन’ गरिएको आरोप समेत लगाएको थियो।

पीएसजीका सबै समयका प्रमुख गोलकर्ता एमबाप्पेले आफ्नो सम्झौता नलम्ब्याउने बताइसकेका छन्। आउँदो जुन १२ मा पीएसजीसँग एमबाप्पेको सम्झौता सकिँदैछ। त्यसपछि उनी फ्रि ट्रान्सफरमा अन्य क्लब जान्छन्। 

सन् २०१७ मा १६५.७ मिलियन पाउन्डमा मोनाकोबाट पीएसजीले एमबाप्पेलाई अनुबन्धन गरेको थियो।

एमबाप्पे विगत ६ वर्षदेखि पीएसजीको मुख्य खेलाडीको रुपमा रहँदै आएका छन्। यो समयमा उनले २६० खेल खेल्दै २१२ गोल गरेका छन्। पाँच लिग वान र गोल्डेन बुट समेत एमबाप्पेले जितेका छन्।

उनले फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताए भने २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए। २०२२ मा आफ्नो अन्तिम सम्झौताको अन्त्यमा उनी रियल म्याड्रिडमा नि:शुल्क सामेल हुने अपेक्षा गरिएको थियो, तर पीएसजीमा २ वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेर सबैलाई चकित पारे।

तर, उनले अब सम्झौता विस्तार नगर्ने निर्णय गरेका छन्। क्लबका अध्यक्ष नासेर अल–खेलाफीले एमबाप्पेलाई सन् २०२४ मा सित्तैमा जान दिने कुरा ‘असम्भव’ भएको बताएका छन्।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्