• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

लम्पी स्किनबाट मरेका पशुको बिमा रकम पाउन छाडे किसानले

64x64
कल्पना घिमिरे आइतबार, साउन १४, २०८०  ०७:१७
1140x725

काठमाडौं– बिमा कम्पनीले लम्पी स्किनबाट मरेका पशुको बिमा रकम दिन छाडेका छन्। पशु सेवा विभागले लम्पी स्किनलाई महामारी भनेपछि दाबी भुक्तानी अन्योलमा परेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। 

‘माहामारीका कारण पशु मरे बिमा रकम दिने व्यवस्था विश्वभर छैन। पशुसेवा विभागले महामारी घोषण गरिदियो। त्यसपछि दिन छाडेको हो। बिमा कम्पनीलाई सोध्नुस् महामारी घोषणा हुनुभन्दा पहिला बिमा रकम दिइएको छ,’ उनले भने।

जुनसुकै रोगलाई महामारी भनेर घोषणा गर्न मन्त्रिपरिषद्ले नै निर्णय गर्ने व्यवस्था छ। तर विभागले भने विज्ञप्तिमार्फत् लम्पी स्किनलाई ‘महामारी’ घोषित गरिदियो। महामारीलाई बिमाले रक्षावरण नगर्ने विश्वव्यापी मान्यता रहेको बिमा कम्पनीहरुको जिकिर छ। र महामारीबाट हुने क्षतिको दायित्व सरकारमै हुने मान्यता रहेको छ।

विभागले महामारी भनेर व्याख्या गरेपछि अधिकांश बिमा कम्पनीहरूले लम्पी स्किनको संक्रमणबाट मरेका पशुको बिमा भुक्तानी रोकेको उनको भनाइ छ। 

तर पशु सेवा विभागका प्रवक्ता चन्द्रप्रसाद ढकालले लम्पी स्किनलाई महामारी घोषणा नगरिएको बताए।

महामारी घोषण गर्न मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाइएको, तर महामारी घोषण भइ नसकेको उनको भनाइ छ।

‘पशु विज्ञ तथा पूर्व भेटेरीनरीयनसँग बसेर छलफल गरेर महामारी घोषण गर्नु पर्छ भनेर मन्त्रिपरिषद्‌मा फाइल पठाएका हौँ, तर घोषणा भइसकेको अवस्था होइन। हाम्रो प्रेस विज्ञप्तिमा माहामारी शब्द प्रयोग मात्र गरिएको हो, घोषण भएको होइन,’ उनले भने।

अहिले गाइ–भैंसीमा लाग्ने लम्पी स्किन ७७ जिल्लामै पुगिसकेको छ। लम्पी स्किनबाट १० लाख ५४ हजार पशु संक्रमित भएका छन्। जसमध्ये ७ लाख ६८ हजार ४१ पशु निको भइसकेका छन् भने ४८ हजार १३३ गाइ–भैँसी मरेको विभागले जनाएको छ। नेपाल पशु चिकित्सा परिषद्ले गरेको एक अध्ययनअनुसार देशभर अहिलेसम्म लम्पी स्किनबाट ३८ अर्ब ४१ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। 

Ncell 2
Ncell 2
nimb
nimb

३ लाख पशुमा लगाइयो खोप
पछिल्लो समय भने लम्पी स्किन संक्रमण घट्न थालेको छ। संक्रमण हुन नदिन लगाइने खोपको पहुँच बढेका कारण संक्रमण दर घट्दै गएको पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालले दाबी गरे।

संक्रमण फैलिनबाट रोक्ने एलएसपी भ्याक्सिन देशैभर ३ लाख १ हजार २४६ पशुमा लगाइएको पशु सेवा विभागको तथ्यांकमा उल्लेख छ।

लम्पी स्किन संक्रमण फैलिएको कोशी प्रदेशमा नै सबैभन्दा बढी भ्याक्सिन लगाइएको छ। कोशीमा १ लाख ३७१ पशुमा खोप लगाइएको छ। सो प्रदेशमा सक्रिय संक्रमितको संख्या १६ हजार ६५१ रहेको छ। यस्तै निको हुने पशुको संख्या १ लाख ९३ हजार १८१ रहेको छ। 

मधेस प्रदेशमा १० हजार ३२५ पशुमा खोप लगाइएको छ। २२ हजार १२८ पशुहरु निको भइसकेका छन् भने २८ हजार ८५८ पशुहरु सक्रिय संक्रमित छन्। बागमती प्रदेशमा ९७ हजार ३५१ पशुहरुमा खोप लगाइएको छ। ४३ हजार ३४५ पशु निको भएका छन् भने ८० हजार ६६५ पशु सक्रिय संक्रमित रहेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गण्डकीमा ६० हजार ६९९ पशुमा खोप लगाइएको छ भने २९ हजार ३६५ पशु निको भएका छन्। १६ हजार ९७३ पशुहरु सक्रिय संक्रमित रहेका छन्। 

लुम्बिनी प्रदेशमा १२ हजार पशुमा खोप लगाइएको छ। ५४ हजार ६ सय पशु निको भएका छन्। अहिले २४ हजार ४०० पशु सक्रिय संक्रमित रहेका छन्। कर्णालीमा १७ हजार ५०० पशुमा खोप लगाइएको छ २ लाख ४७ हजार ९७१ पशु निको भएका छन्। ३२ हजार ३४३ पशु सक्रिय संक्रमित रहेका छन्। 

७ प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिममा ३ हजार डोज मात्र खोप लगाइएको छ। उक्त प्रदेशमा ३ लाख ९ हजार ९६४ पशुमा संक्रमण हुँदा २ लाख ४७ हजार ९७१ पशु निको भइसकेका छन्। यस प्रदेशमा सबैभन्दा बढी क्षति भएको विभागले जनाएको छ। सो प्रदेशमा लम्पी स्किनका कारण सबैभन्दा बढी अर्थात् २५ हजार ६०१ पशु मरेका छन्। 

९० लाख डोज खोप आवश्यक पर्ने
सुदूरपश्चिम प्रदेशमा खोप बढाउने काम भइरहेको र भौगोलिक कारणले ढिलो भएको ढकालले बताए। 
अहिले स्थानीय तहहरूमा खोप लगाउने पशुको संख्या बढ्दै जाँदा मृत्यु हुने दर घटेको ढकालले दाबी गरे। विभागका अनुसार हालसम्म करिब ११ लाख डोज खोप स्टक छ। 

निजी क्षेत्रका ४ वटा कम्पनीले जोर्डन, टर्कीबाट लम्पी स्किनविरुद्धको खोप आयात गरेको विभागको भनाइ छ। 

सरकारले रोग नियन्त्रणका लागि हरेक स्थानीय तहलाई १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। विभागका अनुसार खोप स्थानीय तहले खरिद गर्छन् र किसानले कुनै शुल्क तिर्नुपर्दैन। संक्रमण दर फैलिँदै गए करिब ९० लाख डोज खोप आवश्यक पर्ने नेपाल पशु चिकित्सा परिषद्को प्रक्षेपण छ। 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्