• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

लम्पी स्किनबाट मरेका पशुको बिमा रकम पाउन छाडे किसानले

64x64
कल्पना घिमिरे आइतबार, साउन १४, २०८०  ०७:१७
1140x725

काठमाडौं– बिमा कम्पनीले लम्पी स्किनबाट मरेका पशुको बिमा रकम दिन छाडेका छन्। पशु सेवा विभागले लम्पी स्किनलाई महामारी भनेपछि दाबी भुक्तानी अन्योलमा परेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। 

‘माहामारीका कारण पशु मरे बिमा रकम दिने व्यवस्था विश्वभर छैन। पशुसेवा विभागले महामारी घोषण गरिदियो। त्यसपछि दिन छाडेको हो। बिमा कम्पनीलाई सोध्नुस् महामारी घोषणा हुनुभन्दा पहिला बिमा रकम दिइएको छ,’ उनले भने।

जुनसुकै रोगलाई महामारी भनेर घोषणा गर्न मन्त्रिपरिषद्ले नै निर्णय गर्ने व्यवस्था छ। तर विभागले भने विज्ञप्तिमार्फत् लम्पी स्किनलाई ‘महामारी’ घोषित गरिदियो। महामारीलाई बिमाले रक्षावरण नगर्ने विश्वव्यापी मान्यता रहेको बिमा कम्पनीहरुको जिकिर छ। र महामारीबाट हुने क्षतिको दायित्व सरकारमै हुने मान्यता रहेको छ।

विभागले महामारी भनेर व्याख्या गरेपछि अधिकांश बिमा कम्पनीहरूले लम्पी स्किनको संक्रमणबाट मरेका पशुको बिमा भुक्तानी रोकेको उनको भनाइ छ। 

तर पशु सेवा विभागका प्रवक्ता चन्द्रप्रसाद ढकालले लम्पी स्किनलाई महामारी घोषणा नगरिएको बताए।

महामारी घोषण गर्न मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाइएको, तर महामारी घोषण भइ नसकेको उनको भनाइ छ।

‘पशु विज्ञ तथा पूर्व भेटेरीनरीयनसँग बसेर छलफल गरेर महामारी घोषण गर्नु पर्छ भनेर मन्त्रिपरिषद्‌मा फाइल पठाएका हौँ, तर घोषणा भइसकेको अवस्था होइन। हाम्रो प्रेस विज्ञप्तिमा माहामारी शब्द प्रयोग मात्र गरिएको हो, घोषण भएको होइन,’ उनले भने।

अहिले गाइ–भैंसीमा लाग्ने लम्पी स्किन ७७ जिल्लामै पुगिसकेको छ। लम्पी स्किनबाट १० लाख ५४ हजार पशु संक्रमित भएका छन्। जसमध्ये ७ लाख ६८ हजार ४१ पशु निको भइसकेका छन् भने ४८ हजार १३३ गाइ–भैँसी मरेको विभागले जनाएको छ। नेपाल पशु चिकित्सा परिषद्ले गरेको एक अध्ययनअनुसार देशभर अहिलेसम्म लम्पी स्किनबाट ३८ अर्ब ४१ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। 

Ncell 2
Ncell 2

३ लाख पशुमा लगाइयो खोप
पछिल्लो समय भने लम्पी स्किन संक्रमण घट्न थालेको छ। संक्रमण हुन नदिन लगाइने खोपको पहुँच बढेका कारण संक्रमण दर घट्दै गएको पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालले दाबी गरे।

संक्रमण फैलिनबाट रोक्ने एलएसपी भ्याक्सिन देशैभर ३ लाख १ हजार २४६ पशुमा लगाइएको पशु सेवा विभागको तथ्यांकमा उल्लेख छ।

लम्पी स्किन संक्रमण फैलिएको कोशी प्रदेशमा नै सबैभन्दा बढी भ्याक्सिन लगाइएको छ। कोशीमा १ लाख ३७१ पशुमा खोप लगाइएको छ। सो प्रदेशमा सक्रिय संक्रमितको संख्या १६ हजार ६५१ रहेको छ। यस्तै निको हुने पशुको संख्या १ लाख ९३ हजार १८१ रहेको छ। 

मधेस प्रदेशमा १० हजार ३२५ पशुमा खोप लगाइएको छ। २२ हजार १२८ पशुहरु निको भइसकेका छन् भने २८ हजार ८५८ पशुहरु सक्रिय संक्रमित छन्। बागमती प्रदेशमा ९७ हजार ३५१ पशुहरुमा खोप लगाइएको छ। ४३ हजार ३४५ पशु निको भएका छन् भने ८० हजार ६६५ पशु सक्रिय संक्रमित रहेका छन्। 

गण्डकीमा ६० हजार ६९९ पशुमा खोप लगाइएको छ भने २९ हजार ३६५ पशु निको भएका छन्। १६ हजार ९७३ पशुहरु सक्रिय संक्रमित रहेका छन्। 

लुम्बिनी प्रदेशमा १२ हजार पशुमा खोप लगाइएको छ। ५४ हजार ६ सय पशु निको भएका छन्। अहिले २४ हजार ४०० पशु सक्रिय संक्रमित रहेका छन्। कर्णालीमा १७ हजार ५०० पशुमा खोप लगाइएको छ २ लाख ४७ हजार ९७१ पशु निको भएका छन्। ३२ हजार ३४३ पशु सक्रिय संक्रमित रहेका छन्। 

७ प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिममा ३ हजार डोज मात्र खोप लगाइएको छ। उक्त प्रदेशमा ३ लाख ९ हजार ९६४ पशुमा संक्रमण हुँदा २ लाख ४७ हजार ९७१ पशु निको भइसकेका छन्। यस प्रदेशमा सबैभन्दा बढी क्षति भएको विभागले जनाएको छ। सो प्रदेशमा लम्पी स्किनका कारण सबैभन्दा बढी अर्थात् २५ हजार ६०१ पशु मरेका छन्। 

९० लाख डोज खोप आवश्यक पर्ने
सुदूरपश्चिम प्रदेशमा खोप बढाउने काम भइरहेको र भौगोलिक कारणले ढिलो भएको ढकालले बताए। 
अहिले स्थानीय तहहरूमा खोप लगाउने पशुको संख्या बढ्दै जाँदा मृत्यु हुने दर घटेको ढकालले दाबी गरे। विभागका अनुसार हालसम्म करिब ११ लाख डोज खोप स्टक छ। 

निजी क्षेत्रका ४ वटा कम्पनीले जोर्डन, टर्कीबाट लम्पी स्किनविरुद्धको खोप आयात गरेको विभागको भनाइ छ। 

सरकारले रोग नियन्त्रणका लागि हरेक स्थानीय तहलाई १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। विभागका अनुसार खोप स्थानीय तहले खरिद गर्छन् र किसानले कुनै शुल्क तिर्नुपर्दैन। संक्रमण दर फैलिँदै गए करिब ९० लाख डोज खोप आवश्यक पर्ने नेपाल पशु चिकित्सा परिषद्को प्रक्षेपण छ। 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्