काठमाडौं– अभिनेता जीवन गिरी र मोडल सकि इटानीको अभिनय रहेको गीतिभिडिओ ‘जीवन साथी’ सार्वजनिक भएको छ।
हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतमा शब्द तथा संगीत टिका बम्जनको छ, भने एरेन्ज सहस शाक्यले गरेका हुन्।
नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन्। अभिनेता जीवनले ‘एउटा साथी’ लगायत केही फिल्म अभिनय गरेका छन्।
फिल्मबाहेक जीवन म्युजिक भिडिओमा पनि बाक्लै देखिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।