काठमाडौं– पित्तल राखेर सुनको धरौटी लिनेहरुलाई थुनामा राखेर कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।
धरानको सेन्चुरी बैंक र नेपाल बैंक घोटालामा सञ्जय राई, ज्ञानेन्द्र पुकुर्टी र होमबहादुर भट्टराईलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश गरेको हो। बैंकमा धितोमा राखिएको सुनभन्दा कैयौं गुणा बढी ऋण प्रवाह गरेको उनीहरुमाथि अभियोग थियो।
सर्वोच्चले २०७४ कात्तिक ६ गते धरौटीमा छोड्न उच्च अदालतको आदेश बदर गर्दै थुनामा राखेर कारबाही गर्न आदेशमा भनिएको छ।
सेन्चुरी बैंकमा करिब ८ करोड र नेपाल बैंकमा करिब१० करोड बराबरका गहना सो समूहले धितो राखेर सो भन्दा कैयौं गुणा बढी लोन निकालेको भेटिएपछि सिआईबीले कारबाही गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।