• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण भएपछि मीटरब्याजी साहुकारलाई नियमन गर्ने बाटो खुल्यो

64x64
कल्पना घिमिरे शुक्रबार, साउन १२, २०८०  १८:१६
1140x725

काठमाडौं– अनुचित लेनदेन (मीटर ब्याज) का नाममा ऋणीलाई शोषण गर्ने साहुकारलाई कारबाही गर्ने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक प्रमाणीकरण भएपछि मीटरब्याजी साहुकारलाई नियमन गर्ने सहज बाटो खुलेको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगका  अध्यक्ष गौरीबहादुर कार्कीले बताए।

‘अब आउने ऐनले अनुचित लेनदेनलाई फौजदारी अपराध घोषित गर्‍यो। आजदेखि अनुचित लेनदेन गरेको अपराध मानिन्छ। ऐन नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको थियो। अब मिटरब्याजको काम कारबाही गर्न सजिलो हुन्छ,’ उनले भने।

राष्ट्रपति पौडेलले कसुर करार गर्ने व्यवस्था भएको विधेयक प्रमाणीकरण गरेपछि मीटरब्याजलाई पारदर्शी ढंगले नियमन गर्न बाटो खुलेको उनको भनाइ छ। ऐन नहुँदा साहुकारहरुले अटेर गरेर मेलमिलापमा नआउने गरेको र अबको ऐनले सहज हुने उनले बताए।

‘सावाँभन्दा बढी ब्याज लिने, सावाँ ब्याजभन्दा बढी मूल्य पर्ने जग्गा लिएको भए। ऋणीलाई धम्क्याउने, गरेर अदालतमा मुद्दा फैसला भइसकेको भए पनि अपराध मानिन्छ। तसर्थ त्यसबारे दुवै पक्षलाई बोलाएर छलफल गर्न सजिलो हुन्छ। अपराध घोषण भएपछि त साहुहरु अटेर गर्ने भन्नने हुँदैन। सजिलै छलफलमा आउने भए,’ उनले भने।

२०७५ भदौ १ गते  लिएको तमसुक छ भने पनि स्थानीय तहमा प्रमाणित गर्ने व्यवस्था रहेको बताए। ‘यसरी प्रमाणित गर्नुपर्ने हुँदा ऋणी र साहु दुवैलाई बोलाएर कति लेनदेन भएको भन्ने तथ्य आउन सक्छ। मुख्य कुरा अपराध घोषित गर्‍यो। यही ठूलो कुरा हो,’ उनले भने।

६० दिनको संवैधानिक सीमाभित्र प्रक्रिया पूरा नहुँदा अध्यादेश निष्क्रिय भएर अल्झिएको थियो। राष्ट्रिय सभाबाट दोश्रो पटक पारित भएपछि शुक्रबार राष्ट्रपतिद्वारासमेत प्रमाणित भइसकेको छ। राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

मिटरब्याज ब्याज पीडित पटक–पटक काठमाडौं आएर न्याय माग्दै आन्दोलित भएपछि सरकारले अध्यादेशमार्फत् कानुन बनाउने प्रयास सुरू गरेको थियो। वैशाख २० गते जारी भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले असार ५ गते राष्ट्रिय सभामा प्रतिस्थापन विधेयक पेस गरेको थियो। असार १५ गते पारित गरेर प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पठाएको थियो। ६० दिनको समयसीमा असार २० गते थियो। सो अवधिमा प्रतिनिधिसभाले प्रतिस्थापन विधेयक पारित गर्न नसक्दा अध्यादेश निष्क्रिय भएको थियो।
 
निष्क्रिय भएको अवस्थामा असार ३१ मा पाँचवटा संशोधनसहित प्रतिस्थापन भन्ने शब्द हटाउँदै  प्रतिनिधि सभाले सामान्य विधेयक बनाई सन्देशसहित राष्ट्रिय सभामा पठाएको थियो। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभाबाट प्रतिस्थापन विधेयककै रूपमा फिर्ता नभएको भन्दै महान्यायाधिवक्तालगायत विज्ञहरूसँग परामर्श गरेका थिए।

परिमार्जनसहित आएको विधेयकबारे परामर्श गर्ने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले साउन ४ गते बसेको राष्ट्रिय सभा बैठकमा टेबल गरेनन्। परामर्शपछि बिहीबारको बैठकमा तिमल्सिनाले विधेयक अगाडि बढाए।  ‘वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै संविधानको धारा १०३(२)को विशेषाधिकार प्रयोग गरी विधेयक पारित गर्ने समयावधि आगामी दिनमा नजिरको रूपमा नरहने गरी’ विधेयकलाई अगाडि बढाउने जानकारी गराए।

Ncell 2
Ncell 2

साथै विधि निर्माण प्रक्रियामा समयको महत्त्वप्रति सचेत रहँदै संविधान र कानुनमा भएका व्यवस्थाहरू (६० दिनको सीमा)को पालना गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका थिए।

के छ विधेयकमा?
राष्ट्रपतिद्वारा प्रमाणीकरण भइसकेको विधेयकमा उल्लेख भएअनुसार घर–सारमा एक लाखभन्दा बढी लेनदेन कारोबार गर्न पाइनेछैन। यो कारोबार पनि १० प्रतिशत ब्याजदरमा सीमित हुनुपर्नेछ। यस्तो कारोबारको लिखत आफ्नो पालिकाको वडा कार्यालयमा दर्ता हुनुपर्नेछ। 

यो ऐनले पुराना कारोबारका लिखतलाई पनि वडा कार्यालयमार्फत् प्रमाणित गरेर वैधानिकता दिने, जाँचबुझ गर्ने, साँवा र ब्याजभन्दा बढी लिएको चल–अचल सम्पत्ति फिर्ता गर्ने, यस्तो अपराध र शोषण गर्नेलाई फौजदारी मुद्दा चल्ने, सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ।

विधेयकमा प्रतिनिधि सभाले लेनदेन कारोबारको कुनै पक्ष बिरामी परी वा शारीरिक वा मानसिक अशक्तताको कारणले आफैं उपस्थित हुन नसक्ने भएमा हकवाला वा संरक्षकले लिखत प्रमाणित गराउन सक्ने गरी संशोधन गरेको छ। संशोधनमा लेनदेनको कुनै एक पक्ष उपस्थित नभएमा स्थानीय तहले यथार्थता बुझेर प्रमाणित गरिदिनुपर्ने व्यवस्था गरिएको छ।

लेनदेन कारोबारको कुनै पक्ष नेपालबाहिर रहेको अवस्थामा निज फर्की आएको मितिले ६ महिनाभित्र लेनदेन कारोबारको लिखत प्रमाणित गराउनुपर्ने व्यवस्था थपिएको छ। कसुरको गम्भीरता हेरी सजाय गर्ने व्यवस्था राखिएको छ। 

अनुचित लेनदेनको कसुर गर्ने कसुरदारले ऋणीबाट रकम वा अन्य कुनै चल सम्पत्ति लिएको रहेछ भने कारोबार भएको वास्तविक रकम र कानुनबमोजिमको ब्याज निजलाई दिलाई बाँकी रकम वा अन्य चल सम्पत्ति सम्बन्धित ऋणीलाई कसुरदारबाट भराइदिने संशोधन पनि गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन् । बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली गृह जिल्ला झापामा 'जेन–जी' आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्