• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण भएपछि मीटरब्याजी साहुकारलाई नियमन गर्ने बाटो खुल्यो

64x64
कल्पना घिमिरे शुक्रबार, साउन १२, २०८०  १८:१६
1140x725

काठमाडौं– अनुचित लेनदेन (मीटर ब्याज) का नाममा ऋणीलाई शोषण गर्ने साहुकारलाई कारबाही गर्ने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक प्रमाणीकरण भएपछि मीटरब्याजी साहुकारलाई नियमन गर्ने सहज बाटो खुलेको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगका  अध्यक्ष गौरीबहादुर कार्कीले बताए।

‘अब आउने ऐनले अनुचित लेनदेनलाई फौजदारी अपराध घोषित गर्‍यो। आजदेखि अनुचित लेनदेन गरेको अपराध मानिन्छ। ऐन नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको थियो। अब मिटरब्याजको काम कारबाही गर्न सजिलो हुन्छ,’ उनले भने।

राष्ट्रपति पौडेलले कसुर करार गर्ने व्यवस्था भएको विधेयक प्रमाणीकरण गरेपछि मीटरब्याजलाई पारदर्शी ढंगले नियमन गर्न बाटो खुलेको उनको भनाइ छ। ऐन नहुँदा साहुकारहरुले अटेर गरेर मेलमिलापमा नआउने गरेको र अबको ऐनले सहज हुने उनले बताए।

‘सावाँभन्दा बढी ब्याज लिने, सावाँ ब्याजभन्दा बढी मूल्य पर्ने जग्गा लिएको भए। ऋणीलाई धम्क्याउने, गरेर अदालतमा मुद्दा फैसला भइसकेको भए पनि अपराध मानिन्छ। तसर्थ त्यसबारे दुवै पक्षलाई बोलाएर छलफल गर्न सजिलो हुन्छ। अपराध घोषण भएपछि त साहुहरु अटेर गर्ने भन्नने हुँदैन। सजिलै छलफलमा आउने भए,’ उनले भने।

२०७५ भदौ १ गते  लिएको तमसुक छ भने पनि स्थानीय तहमा प्रमाणित गर्ने व्यवस्था रहेको बताए। ‘यसरी प्रमाणित गर्नुपर्ने हुँदा ऋणी र साहु दुवैलाई बोलाएर कति लेनदेन भएको भन्ने तथ्य आउन सक्छ। मुख्य कुरा अपराध घोषित गर्‍यो। यही ठूलो कुरा हो,’ उनले भने।

६० दिनको संवैधानिक सीमाभित्र प्रक्रिया पूरा नहुँदा अध्यादेश निष्क्रिय भएर अल्झिएको थियो। राष्ट्रिय सभाबाट दोश्रो पटक पारित भएपछि शुक्रबार राष्ट्रपतिद्वारासमेत प्रमाणित भइसकेको छ। राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

मिटरब्याज ब्याज पीडित पटक–पटक काठमाडौं आएर न्याय माग्दै आन्दोलित भएपछि सरकारले अध्यादेशमार्फत् कानुन बनाउने प्रयास सुरू गरेको थियो। वैशाख २० गते जारी भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले असार ५ गते राष्ट्रिय सभामा प्रतिस्थापन विधेयक पेस गरेको थियो। असार १५ गते पारित गरेर प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पठाएको थियो। ६० दिनको समयसीमा असार २० गते थियो। सो अवधिमा प्रतिनिधिसभाले प्रतिस्थापन विधेयक पारित गर्न नसक्दा अध्यादेश निष्क्रिय भएको थियो।
 
निष्क्रिय भएको अवस्थामा असार ३१ मा पाँचवटा संशोधनसहित प्रतिस्थापन भन्ने शब्द हटाउँदै  प्रतिनिधि सभाले सामान्य विधेयक बनाई सन्देशसहित राष्ट्रिय सभामा पठाएको थियो। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभाबाट प्रतिस्थापन विधेयककै रूपमा फिर्ता नभएको भन्दै महान्यायाधिवक्तालगायत विज्ञहरूसँग परामर्श गरेका थिए।

परिमार्जनसहित आएको विधेयकबारे परामर्श गर्ने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले साउन ४ गते बसेको राष्ट्रिय सभा बैठकमा टेबल गरेनन्। परामर्शपछि बिहीबारको बैठकमा तिमल्सिनाले विधेयक अगाडि बढाए।  ‘वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै संविधानको धारा १०३(२)को विशेषाधिकार प्रयोग गरी विधेयक पारित गर्ने समयावधि आगामी दिनमा नजिरको रूपमा नरहने गरी’ विधेयकलाई अगाडि बढाउने जानकारी गराए।

Ncell 2
Ncell 2
nimb
nimb

साथै विधि निर्माण प्रक्रियामा समयको महत्त्वप्रति सचेत रहँदै संविधान र कानुनमा भएका व्यवस्थाहरू (६० दिनको सीमा)को पालना गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका थिए।

के छ विधेयकमा?
राष्ट्रपतिद्वारा प्रमाणीकरण भइसकेको विधेयकमा उल्लेख भएअनुसार घर–सारमा एक लाखभन्दा बढी लेनदेन कारोबार गर्न पाइनेछैन। यो कारोबार पनि १० प्रतिशत ब्याजदरमा सीमित हुनुपर्नेछ। यस्तो कारोबारको लिखत आफ्नो पालिकाको वडा कार्यालयमा दर्ता हुनुपर्नेछ। 

यो ऐनले पुराना कारोबारका लिखतलाई पनि वडा कार्यालयमार्फत् प्रमाणित गरेर वैधानिकता दिने, जाँचबुझ गर्ने, साँवा र ब्याजभन्दा बढी लिएको चल–अचल सम्पत्ति फिर्ता गर्ने, यस्तो अपराध र शोषण गर्नेलाई फौजदारी मुद्दा चल्ने, सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ।

विधेयकमा प्रतिनिधि सभाले लेनदेन कारोबारको कुनै पक्ष बिरामी परी वा शारीरिक वा मानसिक अशक्तताको कारणले आफैं उपस्थित हुन नसक्ने भएमा हकवाला वा संरक्षकले लिखत प्रमाणित गराउन सक्ने गरी संशोधन गरेको छ। संशोधनमा लेनदेनको कुनै एक पक्ष उपस्थित नभएमा स्थानीय तहले यथार्थता बुझेर प्रमाणित गरिदिनुपर्ने व्यवस्था गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लेनदेन कारोबारको कुनै पक्ष नेपालबाहिर रहेको अवस्थामा निज फर्की आएको मितिले ६ महिनाभित्र लेनदेन कारोबारको लिखत प्रमाणित गराउनुपर्ने व्यवस्था थपिएको छ। कसुरको गम्भीरता हेरी सजाय गर्ने व्यवस्था राखिएको छ। 

अनुचित लेनदेनको कसुर गर्ने कसुरदारले ऋणीबाट रकम वा अन्य कुनै चल सम्पत्ति लिएको रहेछ भने कारोबार भएको वास्तविक रकम र कानुनबमोजिमको ब्याज निजलाई दिलाई बाँकी रकम वा अन्य चल सम्पत्ति सम्बन्धित ऋणीलाई कसुरदारबाट भराइदिने संशोधन पनि गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्