नयाँ दिल्ली– रोनी स्क्रूवाला बलिउडका सबैभन्दा धनी प्रोड्युसर बनेका छन्। डीएनएमा प्रकाशित रिपोर्ट अनुसार उनको कुल सम्पत्ति १२ हजार ८ सय करोड रुपैयाँ छ।
उनले ७० को दशकमा टुथपेस्ट उत्पादन सुरु गरेका थिए। यसपछि सन् १९८१ मा केबल टिभीको व्यवसायमा लागे। मनोरञ्जनको संसारमा यो उनको पहिलो कदम थियो। रिपोर्टका अनुसार युटिभी रोनी स्क्रुवालाले ३७ हजार रुपैयाँको लगानीमा स्थापना गरेका हुन्।
रोनी स्क्रूवालाले युटिभी प्रोडक्सन हाउस अन्तर्गत धेरै टिभी शोहरू निर्माण गरे। यससँगै ‘स्वदेश’, ‘जोधा अकबर’, ‘फेशन’, ‘बर्फी’, ‘चेन्नई एक्सप्रेस’लगायत धेरै फिल्म बने। सन् २०१२ मा रोनी स्क्रूवालाले आफ्नो कम्पनीको सेयर डिज्नीलाई बेचे। यसपछि उनले आरएसभीपी मुभिज नामको प्रोडक्सन हाउस सुरु गरे।
‘उरीः द सर्जिकल स्ट्राइक’, ‘केदारनाथ’लगायत धेरै फिल्म यस प्रोडक्सन हाउसअन्तर्गत बनेका छन्।रोनी स्क्रूवालाले नेटवर्थको हिसाबले फिल्म निर्माताहरूको सूचीमा आफ्नो स्थान बनाएका छन्।
योसँगै आदित्य चोपडा ७५०० करोडको कुल सम्पत्तिका साथ दोस्रो नम्बरमा छन्। तेस्रो नम्बरमा इरोसका अर्जन र किशोर लुल्ला छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।