एजेन्सी– नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुन: स्थापित गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ।
बाजुमलाई बुधबार नियामीमा उहाँका राष्ट्रपति गार्डका सदस्यहरूले बन्दी बनाएका थिए, जसले केही घण्टापछि समस्याग्रस्त पश्चिम अफ्रिकी राष्ट्रका ‘सबै संस्थाहरू’ निलम्बन गर्ने, सीमाहरू बन्द गर्ने र रातको समयमा कर्फ्यु लगाउने घोषणा गरेका थिए।
‘नाइजरमा सैन्य कब्जाको प्रयासबाट म स्तब्ध र व्यथित छु र यसको कडा शब्दमा भत्र्सना गर्दछु,’ संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उgले भने, ‘संवैधानिक व्यवस्था र विधिको शासन बहालीका लागि सबै प्रयास गर्नुपर्छ।’
विज्ञप्तिमा अघि भनिएको छ, ‘राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल र बिनाशर्त रिहा गरिनुपर्छ र उहाँको सुरक्षा सुनिश्चित गरिनुपर्छ। उहाँको सरकारका सदस्यहरू र उनीहरूका नातेदारहरूलाई स्वेच्छाचारी रूपमा हिरासतमा राखिएको र उनीहरूलाई पनि बिना कुनै पूर्वशर्त तत्काल रिहा गरिनुपर्छ।’
उनले भनेका छन्, ‘म सबै पक्षलाई हिंसाबाट टाढा रहन र सबैको अधिकार र मौलिक स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दछु। हालैका वर्षहरूमा प्राप्त महत्वपूर्ण लोकतान्त्रिक उपलब्धिहरूको रक्षा र संरक्षण गरिएको छ। यो नाइजरका सबै जनताको हितमा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।