काठमाडौं– एक क्विन्टल सुन तस्करी प्रकरणमा आन्तरिक राजश्व विभागले चिनियाँ नागरिकहरुले भाडामा लिएको लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ।
यो प्रकरणमा साउन ४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका चिनियाँ लिङ चुवानले भाडामा लिएको उक्त घरमा विभागले बिहीबार छापा मारेको हो। उक्त घरबाट विभागको टोलले महत्त्वपूर्ण कागजात र केही सामग्री बरामद गरेको छ।
साथै केही बाकसहरुसमेत बरामद गरिएको छ। उक्त बाकसमा सुन छ कि छैन भन्ने खुलाइएको छैन। अहिले उक्त घरलाई विभागले सिल गरेको छ।
विभागले बुधबार मात्रै सुन ल्याउने रेडी ट्रेडर्स कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो। त्यहाँ ब्रेक शु बरामद भएको थियो। तर केही ब्रेक शुबाट सुन निकालिएको अवस्थामा फेला परेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।