काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अब बिहान ५ बजेदेखि नै खुल्ने भएको छ।
विमानस्थलमा बढ्दो हवाई चाप न्यूनीकरण गर्न विमानस्थल कार्यालयले बिहान ५ बजेदेखि नै टर्मिनल भवन खुल्ला गरेको हो। आन्तरिक उडानका लागि टर्मिनल भवन ६ बजे खुल्दा यात्रुको सुरक्षा चेकजाँच गर्दा नै आधा घन्टा उडान ढिला हुने गरेको थियो ।
तर, अब बिहान ६ बजे नै आन्तरिक उडानतर्फको पहिलो फ्लाइट गर्ने गरी ५ बजेबाट टर्मिनल भवन खुल्ला गरिएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। विमानस्थलबाट अहिले दैनिक आन्तरिकतर्फ ३ सयभन्दा बढी उडान तथा अवतरण भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।