काठमाडौं– अभिनेता तथा चलचित्र निर्माता दीपक राज गिरीले सुन काण्डका कारण सरकार नै ढल्ने जस्तो परिस्थिति बनेको भन्दै व्यंग गरेका छन्।
सामाजिक सञ्जाल, फेसबूकमा एउटा सन्देश लेख्दै उनले ‘भित्रबाट छोडिसक्या चिज जान्ने भएर बाहिर आएर किन समातेको?’ भन्दै व्यंग गरेका छन्।
गिरीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सुनसान थियो ठिकै थियो! कहाँबाट यो सुन आएर सरकारै ढाल्छ जस्तो छ! भित्रबाट छोडिसक्या चिज जान्ने भएर बाहिर आएर किन समातेको?’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको तस्करीको सुन मोरिएको राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको प्रकरण पछिल्लो समय चर्चामा छ।
सुन तस्करी प्रकरणलाई नै लिएर प्रमुख प्रतिपक्षी दलले बुधबार प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो। एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।