• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सकियो बिम्स्टेक सम्मेलन : १८ बुँदे काठमाडौं घोषणापत्र, प्रतिबद्धता कार्यान्वयनमा विज्ञहरुको जोड

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १५, २०७५  ०९:२९
1140x725

काठमाडौं- बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलन औपचारिक रुपमा सकिएको छ। १८बुँदे कठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको शिखर सम्मेलनले बिम्स्टेक बडापत्रका लागि सर्वसम्मति जुटाएको छ।

सन् १९९७ मा बैंककमा स्थापना भएको यो संगठन बैंकक घोषणापत्र र सदस्य राष्ट्रहरुको आपसी समझदारीमा अघि बढ्दै आएको थियो। काठमाडौँ सम्मेलनबाट बडापत्र जारी गर्न संयन्त्र निर्माण गर्ने सहमतिमा सदस्य राष्ट्रहरु पुगेका हुन्। परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढाकाल बडापत्रले सदस्य राष्ट्रहरुलाई नियमन गर्ने र नियममा बाँधेर राख्ने हुँदा बडापत्र जारी गर्ने सहमति हुनु सुखद रहेको बताउँछन्। उनले भने, ‘संगठनको बडापत्र जारी गर्ने निर्णयले यो संगठन प्रभावकारी हुने कुरामा विश्वास व्यक्तगर्न सकिन्छ।’ स्थापनाको लामो समय क्रियाशील हुन नसकेका संगठन एकाएक क्रियाशील हुँदा शंका पनि उब्जिएको छ। 

भारतले सन् १९९२ मा लिएको ‘लुक इस्ट’ नीति र थाइल्याडको ‘लुक वेस्ट’नीति अन्तर्गत रहेर सन् १९९७ मा बंगलादेश, भारत, श्रीलंका र थाइल्यान्ड सम्मिलित सदस्य राष्ट्रहरुले 'बिस्टेक' निर्माणमा सहमति जुटाएका थिए। यस्तै सोही वर्ष म्यानमार पनि सदस्य भएपछि 'बिमस्-टेक' भएको संगठन २००४ मा नेपाल र भुटानको संगठनमा औपचारिक प्रवेशपश्चात् मात्र 'बिम्स्टेक' नामकरण गरिएको हो। 

मन्त्रीस्तरीय सम्मेलनबाट सुरु भएको संगठनको सम्मेलन सन् २००४ पछि कार्यकारी सरकार प्रमुखहरुको सम्मेलन गर्ने निर्णय भएको थियो। प्रत्येक दुई वर्षमा शिखर बैठक आयोजना गर्ने सहमतिपछि सोही वर्ष बैंककमा पहलो शिखर सम्मेलन आयोजना भएको थियो। काठमाडौँमा सम्म्पन भएको कार्यकारी सरकार प्रमुखहरुको सम्मेलन चौथो सम्मेलन हो।

बिम्स्टेक सम्मेलनको मिति घोषण भएको दिनदेखि समापन भएको दिनसम्म आउँदा नेपालमा बिम्स्टेकलाई सार्कको विकल्पका रुपमा अघि बढाउने प्रयत्न भएको आरोप लागेको छ। खासगरी भारतले पाकिस्तानको इस्लामावादमा २०१६ मा आयोजना हुने सार्क सम्मेलनमा भाग नलिने बताएपछि नै सार्क संगठनलाई विस्थापित गर्ने रणनीतिमा भारत रहेको एकथरीले विचार प्रेषण गर्ने गरेका थिए। 

२०१६ मा भारतको पठानकोट र उरी क्षेत्रमा पाकिस्तानको राज्य समर्थित आतंककारीले हमला गरेका भारतीय आरोप रहेको छ। आतंककारी हमलापछि भारतले हिंसा र वार्तासँगसँगै अघि बढ्न नसक्ने बताउँदै सार्क सम्मेलनमा भाग नलिने बताएको थियो। सार्कको बडापत्रमा सदस्य राष्ट्रहरुमध्ये एक सदस्यले सम्मेलनमा भाग लिन असमर्थता जनाएको खण्डमा पनि सम्मेलन स्थगित हुने प्रवधान रहेको छ। 

तर बडापत्रमा कुनै पनि देशहरुको आपसी असमझदारीहरु सम्मेलनमा बहसको विषय नहुने उल्लेख छ। यस्तै बडापत्रमा दुई देशबीचका असमझदारीहरुले सार्क सम्मेलनलाई असर नपार्ने बताए पनि दुई वर्षदेखि सार्क स्थगित अवस्थामा रहेको हो। नेपाल सार्क र बिम्स्टेक दुवैको अध्यक्ष राष्ट्रको रुपमा रहेको रहेकोमा शुक्रबार बिम्स्टेकको चौथो सम्मेलनको समापनसँगै नेपालले यसको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्यो।

चौथो बिम्स्टेक सम्मेलनबाट नेपालले मौसम परिर्वतन, जनस्तरको सम्बन्ध विस्तारमा जोड दिनुका साथै युवावर्गसँग सम्बन्धित कार्यक्रममा लगानी बढाउने प्रस्ताव गर्यो। ‘मौसम परिर्वता यस क्षेत्रको साझा समस्याका रुपमा रहेको छ। हामीले गर्दै नगरेको गल्तीको सजाय यस क्षेत्रका राष्ट्रहरुले भोग्नुपरेकाले यसको निराकरणका लागि सामूहिक रुपमा अघि बढ्नुको विकल्प रहँदैन,’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भने, ‘बिम्स्टेक राष्ट्रहरुबीचको सहकार्यको सफलताका लागि विचार र व्यापारका क्षेत्रमा कनेक्टिभिटी हुन आवश्यक छ।’

Ncell 2
Ncell 2

प्रधानमन्त्री ओलीले बिम्स्टेक क्षेत्रका राष्ट्रहरु हिमालदेखि समुद्रसम्म जोडिएको बताउँदै विकासका लागि आवश्यक सामर्थ्य रहेकाले अब राजनीतिक इच्छा शक्तिको प्रदर्शन गर्ने बेला भएको उनको कथन थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक महिला सांसद मञ्च, बिम्स्टेक अध्ययन केन्द्र, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, डिजिटल कनेक्टिभिटी लागुऔषध विरुद्धको अभियान लगायतका विषयमा भारतमा कार्यक्रम गर्ने घोषण गरे। समृद्धि हासिल गर्न शान्ति र स्थायीत्व आवश्यक पर्ने बताउँदै मोदीले भारतले यस क्षेत्रको सुरक्षालाई दृष्टिगत गर्दै सुरक्षा अभ्यासको कार्यक्रम केही दिनमै भारतमा सुरु गर्ने बताए। 

सार्क सचिवालयका पूर्व सचिव अर्जुनबहादुर थापाले बिम्स्टेकको चौथो सम्मेलनमा जारी भएका प्रतिबद्धता अनुरुप काम हुनुपर्नेमा जोड दिएका छन्। ‘सम्मेलनमा आएका प्रतिबद्धता अनुसारका काम हुँदा संगठनलाई राम्रो हुने तर सुरक्षाका विषयमा मात्र बढी केन्द्रित भएको अवस्थामा बिम्स्टेकको नियतमाथि प्रश्न गर्न सकिने अवस्था आउनेछ,’ थापाले भने, ‘सार्कका पाँच राष्ट्रहरु पनि बिम्स्टेकमा सामेल भएकाले यसलाई सार्ककै विकल्पका रुपमा लिन हुँदैन।’

बिम्स्टेक सम्मेलन सुरु हुनुपूर्व प्रधानमन्त्री ओलीले नेपालका पत्रपत्रिकाका सम्पादकहरुसँग सार्कलाई ब्युँताउन नसकिएको कुरा स्विकार्दै बिम्स्टेक सफल बनाउन सहयोग गर्न आग्रह गरेका थिए। नेपाल अध्यक्ष रहेको सार्कको क्रियाशीलताका लागि नेपालले स्पष्ट कदम लिन नसकेको आरोप लाग्ने गरेको छ। 

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ नेपालले सार्क प्रक्रिया सुचारुका लागि अविलम्ब प्रयास गर्नुपर्ने बताउँछन्। ‘बिम्स्टेक सम्मेलन नेपालले अपेक्षाकृत हिसाबमा सफलताका साथ सम्पन्न गरेको छ। सार्कको विकल्पका रुपमा बिम्स्टेकलाई अघि सारिएको आरोप लाग्दै गर्दा नेपालले उद्घाटन मन्तव्यमा नै सार्क र बिम्स्टेक परिपूरक रहेको बताउँदा राम्रो सन्देश गएको छ,' श्रेष्ठले भने, ‘ऊर्जा क्षेत्रमा सहकार्य, ऊर्जा ग्रिडमा हस्ताक्षर र कनेक्टिभिटीका कुराले प्राथमिकता पाउँदा नेपाललाई फाइदा हुने देखिन्छ।’

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्