काठमाडौँ– उत्कृष्ट डिजाइनर ड्रेससँगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने रनवे ‘द नेशनल डिजाइनर रनवे २०२३’को ग्रीष्मकालीन संस्करणको शीर्ष उपाधि आइआइएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छिन्।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न ग्रीष्मकालीन संस्करणको उक्त रनवेमा सुवेलीले विजेताको प्रतिष्ठित उपाधि प्राप्त गरिन्।
नमुना कलेजकी रफिना महर्जनले फर्स्ट रनर अप को उपाधी आफ्नो बनाइन्।
फेशन डिजाइनरहरूले आफ्ना उत्कृष्ट ग्रीष्मकालीन परम्परागत ड्रेसहरुलाई नवीन शैलीमा संयोजन गर्दै नेपाली फेसन पारखीहरूको निम्ति ‘द नेशनल डिजाईनर रनवे’मा असाधारण दृश्य प्रस्तुत गरेका थिए।
रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा संचालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धिरज तण्डुकार, प्रमिला सिलवाल र सजिना बिष्ट त्रिपाठी निर्णायक रहेका थिए।
कार्यक्रमले उदीयमान डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा सेवा प्रदान गर्दै आएको छ।
उत्कृष्ट मोडलहरुको उत्साहजनक प्रस्तुतीमा प्रशस्त रचनात्मकताका साथ, ‘द नेशनल डिजाईनर रनवे’ ले नेपालको फेसन परिदृश्यमा चिरकालीन छाप छड्न सफल रहेको आयोजक संस्थाकी अध्यक्ष स्वस्ती दंगालले जनाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।