काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) सकेर विदेशी प्रमुखहरु फर्किने क्रम सुरु भएको छ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद १ बजे नै फर्किसकेकी छन्।
थाइल्यान्डका प्रधानमन्त्री चा ओन चा अपरान्ह ४ बजे फर्किंदैछन् भने त्यसको आधा घण्टापछि म्यानमारका राष्ट्रपति विन मिन्ट फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने साँझ ६ बजे फर्किंदै छन्। फर्किनुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर भारत सरकारको सहयोगमा पाशुपत क्षेत्रमा बनेको धर्मशालाको उद्घाटन गर्नेछन्।
भुटानका अन्तरिम सरकार सल्लाहकार एवं न्यायाधीस दासो छिरिङ वाङचुक भने शनिबार फर्किंदैछन्। श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना भने आइतबार मात्रै स्वदेश फर्किनेछन्। फर्किनुअघि उनले प्रधानमन्त्री ओलीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।