• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

असारमा डेढ करोडको गोलभेँडा भारत निर्यात, नेपालमा मूल्य आकाशियो

64x64
कल्पना घिमिरे बुधबार, साउन १०, २०८०  १२:३२
1140x725

काठमाडौं- नेपालले आर्थिक वर्ष २०७९/८० को असार महिनामा मात्रै डेढ करोड रुपैयाँको गोलभेँडा भारत निर्यात गरेको छ। असारमा नेपालले १ करोड ४९ लाख ४ हजार रुपैयाँको १ हजार ९४ मेट्रिक टन गोलभेँडा भारतमा निर्यात गरेको केन्द्रीय भन्सार विभागले जनाएको छ।

यसअघि नेपालले गोलभेँडा भारतबाटै आयात गरेर धान्दै आइरहेको थियो। गत जेठ मसान्तसम्ममा नेपालले ५५ करोड ३१ लाख ५३ हजार रुपैयाँको ३९ हजार ८८९.२४ मेट्रिक टन भारतबाट गोलभेँडा आयात गरेको थियो। 

यस्तै जेठ महिनामा मात्रै ६ करोड ८२ लाख ८५ हजार रुपैयाँको ३ हजार १०७.१२ मेट्रिक टन गोलभेँडा आयात भएको थियो। गत असार महिनामा भारतबाट गोलभेँडा आयात नभएको विभागले जनाएको छ।

भारतमा गोलभेँडाको मूल्य आकासिँदा भारततर्फ गोलभेँडा निर्यात भएको बीबीसी हिन्दीले जनाएको छ।

अहिले भारतीय बजारमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने शहरी क्षेत्रमा प्रतिकेजी २ सय रुपैयाँले बिक्री भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

भारत पठाउँदा मूल्य आकाशियो
भारततर्फ गोलभेँडा निर्यात गर्न थालेपछि यसको प्रभाव नेपाली बजारमा पर्न थालेको छ। काठमाडौंका किसान सुजन श्रेष्ठ भारत पठाउन थालेपछि नेपालमा गोलभेँडाको मूल्य आकाशिएको बताउँछन्।

‘असारको पहिलो साता हाम्रो उत्पादन धेरै थियो। पाँचखालदेखि गोलभेँडा कालिमाटी आइपुग्थ्यो। हाम्रो गोलभेँडा व्यापारीहरुले प्रतिकेजी २ रुपैयाँमा समेत किन्न मानेनन्। २ रुपैयाँमा नबिकेपछि हामीले  गोलभेँडा सडकमा फालेर आन्दोलन गर्‍यौं। यो कुरा भारतीय व्यापारीहरुले थाहा पाएछन्। त्यतिबेला भारतमा गोलभेँडा महँगो थियो। भारतीय व्यापारीले हामीलाई सिधै सम्पर्क गरी गोलभेँडा माग गरे। त्यसपछि हामीले बोर्डरका व्यापारीसँग सहकार्य गरी भारत पठाउन थाल्यौँ,’ उनले भने।

अहिले उनले गोलभेँडा प्रतिटन १५ सय रुपैयाँमा भारत पठाउँछन्। ‘हामी यहाँबाट वीरगञ्ज र विराटनगर पठाउँछौँ। त्यसपछि त्यहाँका व्यापारीले टाँगा प्रयोग गरेर भारतीय बजारसम्म पठाउँछन्,’ उनले भने।

Ncell 2
Ncell 2

पछिल्लो समय गोलभेँडाको उत्पादन घट्न थालेपछि पनि मूल्य बढेको उनको भनाइ छ।

‘अब गोलभेँडाको सिजन सकियो। उत्पादन घट्न थालेको छ। पाँचखाल लगायतका क्षेत्रका किसानले गोलभेँडा लगाएको क्षेत्रमा धान रोप्न थाले। यस कारण बजारमा अहिले कमै गोलभेँडा आउन थालेको छ,’ उनले भने।

यस्तै कालीमाटी तरकारी बजार विकास समितिका उपनिर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठ माग र आपूर्तिको तालेमेल नमिल्दा मूल्य बढेको बताउँछन्। 

‘अहिले अफ सिजन हो। तैपनि टनेलमा उत्पादन भइरहेको छ। तर मागअनुसार उत्पादन हुन सकेको छैन। माग यथावत छ भने उत्पादन घट्दो छ। त्यसले मूल्य बढेको हो,’ उनले भने। भारतमा निर्यात भएकाले मूल्य बढेको हुनसक्ने उनको भनाइ छ।

गत असारको पहिलो साता बजारमा नेपाली गोलभेँडाको थोक मूल्य न्यूनतम प्रतिकेजी ८ रुपैयाँदेखि अधिकतम १० रुपैयाँसम्म रहेको थियो।

त्यतिबेला गोलभेँडाको मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा किसान र व्यापारीहरुले गोलभेँडा पोखेर आन्दोलित भए। किसानको गोलभेँडा प्रतिकेजी २ रुपैयाँमा पनि नबिकेको भन्दै पोखिएको थियो। 

किसानले आफ्नो उत्पादन गोलभेँडा फ्याँक्दै गर्दा कालीमाटी तरकारी बजारभित्र भारतीय गोलभेडा थोक मूल्य अधिकतम प्रतिकेजी ५० रुपैयाँसम्ममा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख छ। नेपाली गोलभेँडा भने प्रतिकेजी अधिकतम १० रुपैयाँ थोक मूल्य रहेको थियो। तर खुद्रा बजारमा गोलभेँडा प्रतिकेजी ३५ रुपैयाँसम्म बिक्री भई रहेको थियो। 

साउनको पहिलो साता नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकेजी न्यूनतम ३५ देखि अधिकतम १३५ रुपैयाँसम्म रहेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ। 

नेपाली ठूलो गोलभेँडाको मूल्य न्यूनतम १ सयदेखि अधिकतम १२० रहेको छ। यस्तै सानो लोकल गोलभेँडाको मूल्य न्यूनतम ३५ देखि अधिकतम ४५ र सानो टनेल गोलभेँडाको मूल्य प्रतिकेजी न्यूनतम ५८ देखि अधिकतम ६८ रुपैयाँ रहेको छ। 

तर, खुद्रा बजारमा भने थोक मूल्यको दोब्बर–तेब्बर मूल्य राखेर बिक्री गर्ने गरेको पाइन्छ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्