काठमाडौं– सार्वजनिक मञ्चतिर करिब तीन साता नदेखिएका चिनियाँ विदेशमन्त्री छिन काङ पदबाट बर्खास्त भएको खबर सार्वजनिक भएको छ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले यसलाई पुष्टि गरेको छ। काङ किन बर्खास्तीमा परे भन्ने कुरा चाहिँ स्पष्ट भएको छैन।
उनी बर्खास्तीमा परेसँगै विदेशमन्त्रीको जिम्मेवारी वाङ यीले सम्हाल्ने भएका छन्। यी २०१३ देखि २०२२ को डिसेम्बरसम्म यो मन्त्रालयको कमाण्डमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।