काठमाडौं– भाद्र १७ गतेका लागि तय गरिएको प्रतिनिधि सभा अन्तर्गतका १० संसदीय समितिका सभापतिको निर्वाचन कार्यतालिका अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ।
प्रतिनिधि सभाका सचिव गोपीनाथ योगीले सूचना निकालेर निर्वाचन स्थगित भएको जानकारी गराएका हुन्।
समितिका सभापति चयन प्रक्रिया दोस्रो पटक पनि स्थगित भएको हो। यसअघि भदौ ५ गते हुने भनिएको निर्वाचन भदौ १७ गतेका लागि सारिएको थियो।
दलहरूबीच सभापतिको विषयमा सहमति नहुँदा पहिलो पटक समितिको निर्वाचन सरेको थियो। सभामुख कृष्णबहादुर महराका कारण दोस्रो पटक रोकिएको हो। तर संसद सचिवालयले भने दलहरूबीचमा सभापतिको भागबन्डा नमिलेका सूचना प्रकाशित गरेर स्थगित गरिएको जानकारी गराउको छ। अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको उल्लेख छ।
भापतिको निर्वाचन स्थगित हुनुको कारण राजनीतिक दलको सहमति मात्र नभएर सभामुखको विदेश भ्रमणले पनि असर पारेको हो।
‘तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पो’मा सहभागी हुन सभामुख महरा १० सदस्यीय टोलीको नेतृत्व गर्दै चीनतर्फ जाने भएपछि संसदीय समितिका सभापति निर्वाचन गर्ने कार्यतािलका प्रभावित भएको हो। भाद्र चीनको ल्हासा जान लागेको टोली २७ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिनिधि सभामा १० वटा विषयगत समिति छन्। अर्थ, अन्तराष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानव अधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन , विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति प्रतिनिधि सभामा छन्।
त्यसमध्ये प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लेखा समिति सहित थप समितिको सभापतिमा दावी गरेको तर सत्तापक्षले भने एउटा समितिको मात्र सभापति दिन सक्ने भन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।