• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कुनै बेला 'कम्पोसा'को नेतृत्व गर्ने कमरेडहरु 'भाजपा चिन्न' भारत यात्रामा

64x64
किशोर दहाल आइतबार, साउन ७, २०८०  १८:२०
1140x725

काठमाडौं- तत्कालीन नेकपा माओवादीले जनयुद्धकालमा दक्षिण एसियाका नौ वटा माओवादी संगठनहरुलाई एउटै कमिटीमा राख्न र औपचारिक सम्बन्ध बनाउनका लागि कम्पोसा (कोअर्डिनेटिङ कमिटी अफ माओइस्ट पार्टीज एन्ड अर्गनाइजेसन्स अफ साउथ एसिया) गठनको पहल गरेको थियो। समान विचारधारा र उद्देश्यमा आधारित यो कमिटीको नेतृत्वमा रहेर उसले सहभागी पार्टीहरुबीच अन्तर्क्रिया गर्न र सहयोगात्मक सम्बन्ध बढाउन भूमिका खेलेको थियो।

त्यस्तै लामो समय ऊ रिम (रिभोल्युसनरी इन्टरनेसनलिस्ट मुभमेन्ट)को पनि सदस्य रह्यो। माओवादीलाई जनयुद्धमा सामेल हुन उसले उत्प्रेरित गरेको पढ्न पाइन्छ। जनयुद्ध सुरु भएपछि त उसले 'एन्डिजदेखि हिमालयसम्म, मुक्तिको एक मात्र उपाय जनयुद्ध' भन्दै विज्ञप्ति नै निकालेर स्वागत गरेको थियो।

ती दिनहरु बितेर गए। अब माओवादी क्रान्तिकारी उद्देश्य र रोमाञ्चकताबाट अलग्गिसकेको प्रष्ट हुने कैयौँ सन्दर्भ छन्। त्यसैले अब उसलाई कम्पोसा र रिमसँग जोडिएका पार्टीसँगको सम्बन्धको आत्मियताभन्दा भारतीय जनता पार्टी (भाजपा) सँगको सम्बन्ध विस्तारको आवश्यकताले उत्प्रेरित गरेको देखिन्छ। परिणामतः पछिल्लो समय भाजपासँग सम्बन्ध विस्तार गर्न उसले प्रयत्न गरिरहेको छ।

आइतबार बेलुका मात्रै माओवादी केन्द्रका पाँच जना नेताहरु भारत यात्रामा निस्किएका छन्। उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा प्रस्थान गरेको टोलीमा चन्द्रप्रकाश खनाल, सत्या पहाडी, रामेश्वर राय यादव र सुरेशकुमार राई पनि छन्। उनीहरु भाजपाका अध्यक्ष जेपी नड्डाको पहलमा हुन लागेको 'नो बीजेपी' (भाजपा चिन्नुहोस्) अन्तर्गतको एक अन्तर्क्रियामा सहभागी हुनेछन्। जुलाइ २८ (साउन १२) मा फर्किने तय भएको छ।

टोलीको एक जना सदस्य पहाडीले भारत प्रस्थान गर्नुअघि नेपाल लाइभसँग कुरा गर्दै आफूहरु भाजपाको कार्यक्रममा सहभागी हुन जान लागेको बताइन्। भाजपाको संगठन र विचारबारे जानकारी लिने उद्देश्य रहेको उनको भनाइ छ।

भाजपाद्वारा गत जुलाइ ५ मा जारी विज्ञप्ति अनुसार, अन्तर्क्रिया कार्यक्रम 'भाजपा चिन्नुहोस्' कार्यक्रमकै एक हिस्सा हो, जुन पार्टीको ४२औँ स्थापना दिवसको अवसरमा नड्डाले आयोजना गरेका हुन्। 'कार्यक्रममा नड्डाले राष्ट्र निर्माणमा भाजपा र भाजपा सरकारहरूको इतिहास, संघर्ष, सफलता, विचारधारा र योगदानको बारेमा विस्तृत रूपमा व्याख्या गर्नुहुनेछ', विज्ञप्तिमा भनिएको छ, 'यसका अतिरिक्त, ‘भाजपा चिन्नुहोस्’ कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न र विश्वभरका सरोकारवालाहरूलाई आपसी समझदारीको लागि महत्त्वपूर्ण छलफलहरूमा संलग्न हुने अवसर प्रदान गर्नेछ।'

भारतीय जनता पार्टीले सरकारको नेतृत्वमा रहेर हिन्दुवादी राजनीति गरेको र अल्पसंख्यकको सुरक्षा गर्न नसकेको आरोप लाग्ने गरेको छ। धर्मनिरपेक्ष मुलुकमा सरकारको नेतृत्व गरिरहेको पार्टी, जसले अल्पसंख्यकको हितका लागि विगतमा संघर्ष नै गरेको थियो, उसले आफ्ना प्रतिनिधि पठाएर भाजपा चिन्न गरेको प्रयास अनौठो छ।

कुनै समय रिम र कम्पोसा जस्ता क्रान्तिकारी पार्टीसँग सम्बन्ध राख्ने माओवादी आजकाल भाजपाजस्तो पार्टीसँग निकट किन? भन्ने प्रश्नमा पहाडीले ती सम्बन्ध समान विचारधाराका आधारमा स्थापित भएको तर भाजपासँग भने मित्रवत् सम्बन्धको मात्रै विषय रहेको बताइन्। भाजपासँग भाइचारा सम्बन्ध समेत नभएको उनले दोहोर्‍याइन्।

Ncell 2
Ncell 2
nimb
nimb

पहाडीले आफूहरु भाजपाको कार्यक्रममा सहभागी हुँदैमा माओवादीले पनि भाजपाका नीति नअँगाल्ने र भाजपाका कार्यशैलीलाई पनि नअपनाउने तर्क गरिन्। 'भाजपाबाट सिकेर हामीले उसको विचार र कार्यशैली यहाँ अपनाउने होइन', उनको भनाइ छ, 'हामी त्यस्तो उद्देश्यका लागि जान लागेका होइनौँ।'

माओवादीले भाजपालाई चिन्दै आफूलाई चिनाउन खोजेको यो पहिलो सन्दर्भ होइन। २०७९ असार ३१ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा गएका थिए। उनले सो पार्टीको मुख्यालयमै नड्डालाई भेटेका थिए। नड्डासँगको भेटले आफू उत्साहित भएको प्रतिक्रिया दिएका थिए।

यो पनि पढ्नुहोस

भारत भ्रमणबाट उत्साहित छुः प्रचण्ड

'भाजपा दुनियाँको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित छ', नड्डासँगको भेटपछि प्रचण्डले पत्रकारहरुलाई भनेका थिए, 'आज भाजपाको मुख्यालयमा आएर यो कसरी चलेको छ, व्यवस्थापन कस्तो छ भनेर बुझ्दा म धेरै उत्साहित भएको छु।'

'दुई पार्टीको सम्बन्धलाई दुई देशसँगको सम्बन्ध राम्रो बनाउनका लागि बढाउनु पर्छ भन्ने नड्डाजीको प्रस्तावलाई मैले सर्मथन गरेको छु', उनको थप भनाइ थियो, 'कहिले भाजपाको निमन्त्रणामा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रम संयुक्तरुपमा गर्ने समझदारी पनि भएको छ।'

यो पनि पढ्नुहोस

‘क्लाइमेक्स’ विनै सकिएको प्रचण्डको भारत भ्रमण 

त्यतिबेला प्रचण्डले भाजपाको सन्दर्भमा जे जस्ता प्रतिक्रिया र अपेक्षा व्यक्त गरेका थिए, आइतबार भारत जाने टोलीको पनि त्यस्तै प्रतिक्रिया र अपेक्षा छ। पहाडीले भनिन्, 'सरकारको नेतृत्व गरिरहेको दुई पार्टीबीच सम्बन्ध राम्रो बनाउँदा फाइदा नै हुन्छ।'

गत जेठमा प्रधानमन्त्रीका रुपमा प्रचण्ड भारत भ्रमणका गएका बेलामा मध्यप्रदेशको इन्दौर-उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेका थिए। त्यहाँ उनले गेरुवा वस्त्रले बेरिएर तीन धर्के तेर्सो चन्दन लगाउँदै गर्भगृहमा फूल र दूध चढाएका थिए। भौतिकवादी पृष्ठभूमिका प्रचण्डको त्यस खालको गतिविधिलाई भाजपासँग निकट सम्बन्ध बनाउने अभिप्रायसँग जोडेर चर्चा भएको थियो।

यो पनि पढ्नुहोस

महाकालेश्वरमा प्रचण्ड : स्खलनको गहिरो बिन्दु

भाजपासँगको सम्बन्ध विस्तार गर्न उत्प्रेरित हुनुमा यहाँ सरकार सञ्चालनमा सहजता सिर्जना गर्ने र आगामी निर्वाचनमा सद्भाव बटुल्ने उद्देश्य राखिएको आकलन हुने गरेको छ। भूराजनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट यही उद्देश्यलाई संकेत गर्दै भन्छन्, 'भाजपा नौ वर्ष भयो सत्तामा रहेको। २०२४ को निर्वाचनपछि पनि भाजपाकै निरन्तरता हुने सम्भावना छ। त्यही भएर नेपाल लगायत यी क्षेत्रका राजनीतिक दलहरुले ऊसँग अन्तरक्रिया बढाउनैपर्ने छ।'

भट्ट भाजपा र माओवादी केन्द्र फरकफरक विचारधारा बोक्ने पार्टीहरु भएता पनि अन्तरक्रिया बढ्दै जाँदा असहजता कम हुने बताउँछन्। 'त्यसो हुँदा भाजपाको पनि नेपालका दलहरुसँग एक किसिमको सम्बन्ध विस्तार हुन्छ र माओवादीलाई पनि भारतको मूलधारको पार्टीसँगको निकटता रहिरहन्छ।'

अन्तरक्रियाले माओवादी केन्द्र र भाजपाबीच एकअर्कालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुनसक्ने सम्भावना देख्छन् भट्ट। 'माओवादीले भाजपालाई हिन्दू पार्टीको रुपमा मात्र हेर्ने, भाजपाले माओवादीलाई कम्युनिस्ट पार्टीको रुपमा मात्र हेर्ने धारणालाई अन्तरक्रियाले कम गर्छ। जुन प्रचण्डको गेरुवावस्त्रले अलि कम गरिसकेकै छ', नेपाल लाइभसँग कुरा गर्दै भट्टले भने, 'हिजो माओवादीहरु जुन वैचारिक मान्यताका आधारमा भाजपालाई बुझ्थे। अब विस्तारै व्यवहारवादी हुँदै गएका हुन् कि भन्ने देखिन्छ।'
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्