• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘क्लाइमेक्स’ विनै सकिएको प्रचण्डको भारत भ्रमण 

64x64
ईश्वर बराल आइतबार, साउन १, २०७९  २१:४०
1140x725

काठमाडौं–सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जगतप्रकाश (जेपी) नड्डाको निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईतबार बिहान अध्यक्ष नड्डालाई दिल्लीस्थित भाजपा मुख्यालय पुगेर भेट गरे।

तीन दिने भ्रमणका लागि दिल्ली उत्रिएका प्रचण्ड नड्डासँगको भेटपछि प्रतिक्रिया दिने क्रममा निकै उत्साही देखिन्थे। पत्रकारसँग भ्रमणको ‘क्लाईमेक्स’ बाँकी छ भनेर भाजपा मुख्यालयबाट निस्किएका प्रचण्ड उनले भनेजस्तो ‘क्लाईमेक्स’ मा भने पुग्न सकेनन्।

‘क्लाईमेक्स’ भन्दै गर्दा नजिकै रहेका भाजपा अध्यक्ष नड्डा र भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेतिर फर्कँदै प्रचण्ड आफ्नै पाराको ठट्याैलीसहित पत्रकारहरूसँग प्रस्तुत भएका थिए। जवाफमा नड्डा र चौथाईवाले पनि प्रचण्डको कुरामा सही थापेझैं मुस्काउँदै थिए। 

प्रचण्डको ‘क्लाईमेक्स’ थियो–प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट। तर मोदीसँग प्रचण्डको भेट भएन। दिल्लीबाट काठमाडौं उड्नु केही समयअघिसम्म प्रचण्डको सचिवालय मोदीसँग भेट हुने कुरामा पूर्णतः विश्वस्त थियो। आईतबार साँझ स्वदेश फर्किएका प्रचण्डलाई विमानस्थलमा पत्रकारले सोध्दा उनले ‘किन भेट भएन भन्नेबारेमा आफूलाई नै थाहा नभएको बताए। 

उनले मोदीसँग भेट नभएकोमा आफूलाई कुनै पछुतो नरहेको बताए। ‘मोदीसँगको भेट नभएकोमा मलाई कुनै पछुतो छैन’ उनले भने।

बरु प्रचण्डको ‘क्लाईमेक्स’ भनेकै भाजपा अध्यक्ष नड्डासँगको भेट रह्यो, जसमा उनले आफू निकै उत्साही भएको प्रतिक्रिया दिए। ‘भारत आएदेखि नै निकै राम्रो वातावरणमा निकै फलदायी, उपलब्धिमूलक कार्यक्रम भएको छ,’ दाहालले भने, ‘म धेरै उत्साहित छु।’ 

दुनियाँकै ठूलो राजनीतिक दल भाजपा अध्यक्षको निमन्त्रणामा दिल्ली आएको र भाजपाको मुख्यालयमा आएर पार्टीको व्यवस्थापनलगायतका कुरा देखेर पनि आफू उत्साही रहेको उनले बताए। 

‘भाजपा दुनियाँको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित छ। त्यसका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा यहाँ आएको हुँ,’ दाहालले भने, ‘आज भाजपाको मुख्यालयमा आएर यो कसरी चलेको छ, व्यवस्थापन कस्तो छ भनेर बुझ्दा म धेरै उत्साहित भएको छु।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नड्डासँगको भेटमा पार्टीस्तरमा सम्बन्ध विस्तार गर्नेमा समझदारी भएको उनले बताए। 

‘दुई पार्टीको सम्बन्ध दुई देशसँगको सम्बन्ध राम्रो बनाउनका लागि बढाउनु पर्छ भन्ने नड्डाजीको प्रस्तावलाई मैले सर्मथन गरेको छु,’ उनले भने, ‘कहिले भाजपाको निमन्त्रणामा, कहिले हाम्रो पार्टीकाे निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रम संयुक्तरुपमा कार्यक्रम गर्ने समझदारी पनि भएको छ।’ 

शुक्रबार दिल्ली उड्नुअघि विमानस्थलमा प्रचण्डले सद्भावना भ्रमण रहेकाले यसलाई नियमित भ्रमणको रुपमा बुझ्न पत्रकारहरूसँग आग्रह गरेका थिए। यसलाई आकस्मिक भ्रमण भन्न नमिल्ने पनि उनले बताएका थिए। 

दिल्लीमा क–कसलाई भेटे प्रचण्डले ?
शुक्रबार अपराह्न दिल्ली उत्रिएका प्रचण्डलाई भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

Xtrem

Xtrem

उनले शनिबार बिहान दिल्लीस्थित प्रवासी नेपालीसँग भेट गरे। उक्त भेटमा प्रवासी नेपालीका प्रतिनिधिले अखिल भारत नेपाली एकता मंचलाई भारत सरकारले लगाएको पोटा कानुन खारेज गर्नुपर्ने माग राखेका थिए। त्यस्तै प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था गर्नुपर्ने र नेपाल सरकारले विभेदपूर्ण व्यवहार गर्न नहुने माग राखेका थिए।

जवाफमा प्रचण्डले नेपाली क्रान्तिमा प्रवासी नेपालीको भूमिका उच्च रहेकाले उनीहरूका मागलाई गम्भीरतापूर्वक लिने बताएका थिए। त्यस्तै, प्रचण्डले पोटा कानुनलगायतका विषयमा भारत सरकारसँग कुरा गर्ने बताएका थिए। 
प्रवासीसँगको भेटपछि प्रचण्डले विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका थिए। उक्त भेटमा आर्थिक सहयोगमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा उपलब्धिमूलक छलफल भएको विदेशमन्त्री जयशंकरले बताएका थिए।

प्रचण्डले भेटेका भारत सरकारका एकमात्र राजनीतिक प्रतिनिधि विदेशमन्त्री जयशंकरले नेपालको प्रगति र समृद्धिको खोजमा भारत साझेदार रहने पनि उल्लेख गरेका थिए।

विदेशमन्त्रीसँगको भेटपछि प्रचण्ड ‘फाउन्डेसन फर पब्लिक अवारनेस एण्ड पोलिसी’ नामक संस्थाले आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध’ माथि प्रमुख वक्ताको रुपमा विचार राख्न पुगेका थिए। उनले उक्त सभामा प्रचण्डले नेपाल–भारत सम्बन्ध जनस्तरमा रहेकाले यो कहिले नटुट्ने पनि बताएका थिए।

‘नेपाल–भारतको सम्बन्ध परापूर्वसमयदेखि रहेको छ। यो सम्बन्ध ऐतिहासिकरुपमा सामाजिक सांस्कृतिक र जनस्तरमा रहेको छ,’ प्रचण्डले भने, ‘हामी जमिन, भाषा, साहित्य, धर्म र नदीले जोडिएका छौं।’

त्यस्तै प्रचण्डले नेपालले छिमेकी मुलुकका विरुद्ध आफ्नो देश प्रयोग हुन नदिने पनि बताएका थिए। ‘नेपाल र भारत एकअर्काको चासो र हितमा प्रतिबद्ध रहेका छौं। नेपालले आफ्नो भूमि छिमेकीको विरूद्ध प्रयोग हुन दिने छैन र भारतबाट पनि त्यही प्रतिबद्धता चाहन्छ।’ उनले भने, ‘जनस्तरबीच रहेको सम्बन्ध, खुल्ला सिमाना र अपार सद्भावनालगायतका विषयले नेपाल भारतको विशिष्ट सम्बन्ध रहेको छ।’

प्रचण्डले व्यापार र विकासका लागि भारत महत्वपूर्ण साझेदार मुलुक रहेकाले भारतले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद पनि दिए।

‘नेपालका लगि भारत महत्वपूर्ण साझेदार मुलुक हो। कोभिडका बेला भारतले गरेको स्वास्थ्य सहयोगप्रति धन्यवाद दिन्छु। त्यस्तै, भूकम्पका बेला र भूकम्पपछिको पुनःनिर्माणका बेला गरेको सहयोगप्रति आभार प्रकट गर्दछु,’ प्रचण्डले भने,‘विकास र समृद्धका लागि, कृषि, पूर्वाधार, रेल्वे सेवामा भारतले गरको सहयोग अतुलनीय छ। भारतबाट आगामी दिनमा पनि यो सहयोग र प्रतिबद्धताको निरन्तरता चाहन्छौं।’ 

उक्त सभामा प्रचण्डले सन् १९५० लगायतका सन्धिले दुई देशबीचको सम्बन्धमा केही अस्पष्टता रहेकाले त्यस्ता विषयलाई आपसी समझदारीले समाधान खोजिनुपर्ने बताएका थिए।

शनिबार साँझ भने प्रचण्ड सत्तारूढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए।

त्यसैबीच शनिबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु देउवासँग प्रचण्डको भेट भएको थियो। यो भेटले गठबन्धन र आगामी निर्वाचनका बारेमा विभिन्न टिप्पणी भएका छन्। यद्यपि प्रचण्डको सचिवालयले उक्त भेटलाई गलत नियतका साथ टिप्पणी गरेको भनेर खण्डन गरेको छ। 

प्रचण्डले पनि आइतबार स्वदेश फर्किएपछि यस विषयलाई अस्वीकार गर्दै त्यस्तो कुनै सम्झौता नभएको स्पष्ट पारे।

प्रचण्डले उक्त भ्रमणका क्रममा भारत सरकारका सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विनय क्वात्रा लगायतका उच्च तहका कर्मचारीहरूसँग पनि भेटवार्ता गरेका थिए। 

आइतबार स्वदेश फर्किनुअघि प्रचण्डको सचिवालयले भारत भ्रमण ‘पार्टी टु पार्टी’ सम्बन्ध विकास लागि महत्वपूर्ण भएको बताएको थियो। सचिवालयले भनेको छ, ‘भाजपा अध्यक्ष जेपी नड्डाज्यूको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण सम्बन्ध विकासका लागि फलदायी बनेको छ।’

काठमाडौंमा उत्रेपछि प्रचण्डले भने–भ्रमण सफल भयो
आइतबार साँझ नेपाल फर्किएका प्रचण्डले दिल्ली भ्रमण अपेक्षा गरिएअनुसार सफल भएको दाबी गरे। उनले भने, ‘आफूले सोचेभन्दा राम्रो भएको छ। विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आउनु भएको थियो र त्यहाँ मलाई न्यानो स्वागत भएको थियो।’ 

आरजु देउवासँगको भेट एकदमै औपचारिक रहेकोले यहाँ चर्चा भएजस्तो केही पनि नरहेको अध्यक्ष प्रचण्डले बताएका छन्।

उनले आफ्नो भ्रमणले केही न केही सकारात्मक हुने दाबी गर्दै आफ्नो भ्रमणपछि भारतलाई पनि नेपालसँग कुरा गर्न सहज हुने बताए। उनले इपीजीदेखि डुबानसम्म भएका समस्याबारे आफूले कुरा राखेको पत्रकारमाझ दाबी गरे। उनले आफ्नो सद्भावना भ्रमण भएर पनि केही होला भन्ने विश्वास आफूले बोकेको उनले बताए ।  

कसले के भने? 
एमाले नेता विष्णु रिजालले सत्ता गठबन्धन टिकाउनका लागि दिल्ली भ्रमण भएको बताएका छन्।

‘सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बॉडफॉटको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड–देउवाहरू त खुसी होलान्,’, रिजालले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

यस्तै, त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक डाक्टर खड्क केसीले यस्तो किसिमको भ्रमणले दिने सन्देश भनेको समकालीन नेपाली राजनितिक नेतृत्वको निकम्मापन रहेको बताउँछन्।

‘नेपाल १९५०–१९६० को दशकमा जसरी भू–राजनीतिको तथा बाह्य हस्तक्षेपको चपेटामा थियो, ठीक अहिले पनि नेपालका आन्तरिक मामिलाका छलफलहरू छिमेकमा गएर त्यहाँका ‘स्टेकहोल्डर’ सँग गरेको, भनेको सुन्दा एक हिसाबले नेपालको कूटनीति त्यही बेलातिर फर्कन लागेजस्तो देखिन्छ,’ केसीले भने, ‘यो समकालीन नेपाली राजनीतिक नेतृत्वको निकम्मापन हो।’

कूटनीतिज्ञ निश्चलनाथ पाण्डे भने राजनीतिक नेतृत्वको पार्टी–पार्टी सम्बन्ध बन्नुलाई अन्यथा मान्न नहुने बताउँछन्। तर यस्ता सम्बन्धलाई राष्ट्रिय हितमा प्रयोग गर्नुपर्ने बताउँछन्।

‘कूटनीतिमा व्यक्तिगत रहनु राम्रो मानिन्छ। यदि, राजनीतिक तहमा व्यक्तिगत सम्बन्ध राम्रो छ भने प्रशासन तहमा पनि मद्दत पुग्छ। पहिला पनि यस्ता सम्बन्धहरु यही कारणले उचाइमा पुगेको थियो,’ पाण्डे भन्छन्, ‘तर त्यतिले पुग्दैन, भारतले नेपाल नीतिमा खासै परिर्वतन गरेकै छैन। चीनमा कम्युनिष्ट पार्टीकै सरकार छ। नेकपाको सरकार हुँदा पार्टी टु पार्टी सम्बन्ध भनेर नयाँ प्रयोग गरे।  तर, यी कुराले हामीलाई के फाइदा गर्‍यो त? प्रश्न यहाँ छ। यस्ता गतिविधिले हाम्रा राष्ट्रिय स्वार्थमा कस्ता काम गर्‍यो भन्ने कुरामा चनाखो हुनुपर्दछ।’

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडिबाट मतगणना सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ । आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.ले सञ्चालन गरेको सीपमूलक तालिम केन्द्रको उद्घाटन गर्दै उनले बजारको मागअनुसार सीपयुक्त जन... आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २ सय ३१ मत गनेर सकिएको छ । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्