काठमाडौं– विराटनगरका ३२ समर्पण वर्षीय कार्कीले न्युलुक ‘मिस्टर नेपाल २०२३’ को उपाधि चुमेका छन्।
पेशाले पाइलट कार्की १८ प्रतियोगीलाई पछि शीर्ष विजेता बनेका कार्कीले मिस्टर न्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे।
कार्कीले नगद ५ लाख बराबरको उपहारसँगै ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिस्टर ग्लोवल ०२३’मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन्।
दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा शनिबार अबेर साँझ एक भब्य समारोहबीच आयोजना भएको प्रतियोगीतामा काठमाडौंका निमेश कपाली फष्टरनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा.विजय दुवाडी थर्ड रहनरअफ र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए।
रनरअप विजेता कपालीले बेष्ट पर्सनालीटी, श्रेष्ठले मोष्ट ट्यालेन्ट र जिन्सपार्क स्टाइल आइकन, दुवाडीले पब्लिक च्वाइस, लामिछानेले मोष्ट फोटोजेनिक उपाधि समेत हात परे।
अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारी लगायत निर्णायक रहेको प्रतियोगीतामा मोष्ट पपुलर रमननाथ गिरी, मिष्टर एक्टिभ र बेष्ट फिजिक प्रेम कुमार यादव, बेष्ट स्किन मिकाज कार्की, बेष्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात परे।
‘मिस्टर र नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको छ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगीतामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रुपमा रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए।
स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी प्रशिक्षण सहित प्रतियोगी फाइनलमा उत्रिएका थिए। यो पटक मिस्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’को नामबाट आयोजना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।