जनकपुर– प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्माष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश २ मा बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेको र उनीहरुले धुमधामका साथ यो पर्व मनाउने भएकोले बिदा दिइएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।