काठमाडौं- नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली बन्द गर्ने भएको छ ।
टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु (स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले शनिबार विद्युत आपूर्ति प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै टेकु सबस्टेसनको पावर ट्रान्सफर्मर बन्द गरिने भएकाले उपरोक्त स्थानहरूमा बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ४ सम्म बिजुली बन्द हुने प्राधिकरणले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।