काठमाडौं– नेपाल सरकारले मुकुन्द निरौलालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारी दिएकाे छ । उनी यसअघि बागमती प्रदेशका प्रमुख सचिव रहेका थिए। निरौला सार्वजनिक प्रशासनभित्र ‘मुकुन्दे पात्रो’ का रुपमा चर्चित छन्।
उनी उक्त पात्रोका सर्जक हुन्। निरौलाले कुन सहसचिव कहिले सचिव हुन्छ र कति समय सचिवमा रहन्छ भन्नेसम्मको तथ्यांक बनाएर सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।