• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतलाई लज्जित बनाउने मणिपुरको दृश्य– महिलालाई नाङ्गै पारेर सडकमा घुमाउँदै बलात्कार गरियो

64x64
नेपाल लाइभ बिहीबार, साउन ४, २०८०  १३:३९
1140x725

काठमाडौं– अढाई महिनादेखि तनावग्रस्त भारतीय राज्य मणिपुरको एउटा भिडियोलाई लिएर भारतमा अहिले तहल्का मच्चिएको छ। भिडियोको सन्दर्भलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १४० करोड भारतबासी नै लज्जित भएको टिप्पणी गरेका छन्। 

मणिपुरमा मैतेई र कुकी समुदायबीच हिंस्रक संघर्ष चलिरहेको छ। मणिपुरको उच्च अदालतले त्यहाँको बहुसंख्यक मैतेई समुदायलाई अनुसूचित जनजातिको श्रेणीमा राख्ने विषयमा विचार गर्न भन्दै राज्य सरकारका नाममा आदेश जारी गरेपछि मणिपुरमा हिंसा भड्किएको थियो। 

अल्पसंख्यक कुकी समुदायका व्यक्तिले उच्च अदालतको आदेशको विरोध प्रदर्शन सुरु गरेपछि मणिपुर हिंस्रक बन्दै गएको हो। यसबीच पछिल्लोपटक सार्वजनिक भएको एउटा भिडियोले भारतभर नै तहल्का मच्चिएको छ। 

भिडियोमा हतियारधारी युवा रहेको एउटा समूहले महिलालाई नाङ्गै पारेर सडकमा घुमाइरहेको देखिन्छ। सडकमा नाङ्गै घुमाउँदा महिलामाथि यौन उत्पिडन भइरहेको पनि भिडियोमा देखिन्छ। भिडियोमा देखिएकामध्ये एक महिलाको उमेर २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष भएको बताइएको छ। 

मणिपुर प्रहरीले उक्त भिडियोको पुष्टि गर्दै उक्त घटना मे महिनाको ४ तारिखको भएको बताएको छ।  इन्डियन एक्सप्रेसमा छापिएको समाचारका अनुसार कुकी–जोमी समुदायका यी महिलामाथि मैतेई बहुल थोबल जिल्लामा यौन उत्पिडन भएको थियो। 

सामूहिक बलात्कारसहित यौन उत्पिडनबाट पीडित महिलाहरुले प्रहरीमा जाहेरी दिएका छन्। जाहेरीमा उनीहरुले आफूसहित एक ५० वर्षीया महिलाको पनि कपडा उतारेर यौन उत्पिडन गरिएको उल्लेख गरेका छन्। 

पीडित महिलाहरुले उजुरीमा उल्लेख गरेअनुसार मे ३ तारिखका दिन आधुनिक हतियार बोकेका ८०० देखि १ हजार जनाको समूहले थोबल जिल्लास्थित उनीहरुको गाउँमा हमला गरेका थिए। हतियारधारीहरुले गाउँमा लुटपाट मच्चाउनका साथै घरहरुमा आगो लगाउन सुरु गरिदिए। 

यस्तो स्थितिमा पीडित २ महिलासहित अन्य युवतीहरु आफ्ना पिता र भाइहरुसँगै जंगलतर्फ भागे। जंगलतर्फ भागेपछि सुरुमा प्रहरीले उनीहरुलाई बचायो पनि। प्रहरीले उनीहरुलाई संरक्षणका लागि भनेर प्रहरी चौकी लैजाँदै थियो। तर प्रहरी चौकीभन्दा २ किलोमिटर अगाडि नै भिडले उनीहरुलाई रोक्यो। 

Ncell 2
Ncell 2

त्यसपछि भिडमा रहेका व्यक्तिले ती महिलालाई प्रहरीबाट खोसे। एक युवतीका पितालाई भिडले त्यहीँ मारिदियो। 

३ जना महिलालाई निर्वस्त्र भएर हिँड्न विवश बनाइयो। युवतीहरुमाथि सामूहिक बलात्कार भयो। सामूहिक बलात्कारको शिकार भइरहेकी दिदीलाई बचाउन गएका १९ वर्षीया किशोरलाई पनि भिडले मारिदियो। 

मणिपुर हिंसाको आगोमा जल्न लागेको ३ महिना पुग्न लाग्दा समेत त्यस मामिलामा कुनै प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सार्वजनिक भएपछि प्रतिक्रिया दिएका छन्। 

बिहीबार संसद्को मनसुन सत्र सुरु हुनु अगाडि मिडियालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मणिपुरमा भएको उक्त घटना १४० करोड भारतीयका लागि लज्जाको विषय भएको बताए। ‘मणिपुरमा भएको घटनाले १४० करोड भारतीयलाई लज्जा भएको छ। म सबै देशवासीलाई आश्वस्त पार्न चाहन्छु, यसमा संलग्न कसैलाई पनि छुट दिइने छैन,’ मोदीले भने।

संसद् सत्र सुरु हुनु अगाडि मोदीले भने, ‘लोकतन्त्रको यो मन्दिर (संसद्) अगाडि उभिरहँदा मेरो हृदय पीडाले भरिएको छ। क्रोधले भरिएको छ। मणिपुरको जुन घटना सार्वजनिक भएको छ कुनै पनि सभ्य समाजका लागि यो लज्जित बनाउने घटना हो। पाप गर्नेहरु, अपराध गर्नेहरु कति छन्, को हुन्, उनीहरु आफ्नो ठाउँमा छन्। तर बेइज्जती पुरै देशको भइरहेको छ। १४० करोड देशबासी लज्जित हुनुपरेको छ। म सबै मुख्यमन्त्रीहरुलाई आग्रह गर्दछु कि उहाँहरुले आफ्नो राज्यमा कानुन–व्यवस्थामा अझ कडाइ गर्नुहोस्। खास गरेर हाम्रा आमा तथा बहिनीहरुको रक्षाका लागि कठोरभन्दा कठोर कदम उठाउनोस्। म देसबासीलाई विश्वास दिलाउन चाहन्छु कुनै पनि अपराधीलाई छुट दिइने छैन।  कानुन आफ्नो पुरै शक्तिका साथ एकपछि अर्को कदम उठाउनेछ। मणिपुरका चेलीहरुमाथि जे भएको छ त्यसमा कहिल्यै माफ गर्न सकिन्न।’ –एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ
पूर्वराज्यमन्त्री चौधरीको निधन
सम्बन्धित सामग्री
भेनेजुएलामा अमेरिकी आक्रमण, १०० जनाको मृत्यु क्युबा सरकारले आइतबार जारी गरेको वक्तव्यमा उक्त ‘अपरेसन’का क्रममा ३२ क्युबाली नागरिक मारिएको उल्लेख थियो, जो क्युबा सशस्त्र बल र गृह... बिहीबार, पुस २४, २०८२
अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हुमायूँ अफगानका अनुसार चाह अब जिल्लामा भएको झडपले मानवीय र आर्थिक दुवै प्रकारको क्षति पुगेक... बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा सामाजिक सञ्जाल “ट्रुथ सोशल” मा पोस्ट गर्दै  ट्रम्पले भनेका छन्,‘ ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस म... शनिबार, पुस १९, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्