• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

रोपाइँको सिजनमा मल अभावको समस्या: किसानलाई सास्ती छैन यसपटक?

64x64
कल्पना घिमिरे बिहीबार, साउन ४, २०८०  ०९:४८
1140x725

काठमाडौं– अघिल्ला वर्षहरुमा धान रोपाइँको सिजन चलिरहँदा किसानले मल नपाएको विषय चर्चामा हुन्थ्यो। किसानहरु रोपाइँ नै रोकेर मल लिनका लागि लामो लाइन लागेका तस्बिरहरु सार्वजनिक हुने गर्थे। तर यस वर्ष भने किसानहरुले मलका लागि धेरै सास्ती खेप्नु परेको विवरण प्रकाशमा आएको छैन। 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार असार महिना सकिँदासम्म धान खेती हुनेमध्ये करिब ५० प्रतिशत जमिनमा रोपाइँ सकिएको छ। आधा रोपाइँ सकिँदासम्म ६४ हजार मेट्रिक टन मल मौज्दात छ।  

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल यस वर्ष रोपाइँको सिजनमा मल अभावको समस्या नभएको दाबी गर्छन्। 

आर्थिक वर्ष २०७९/८० को असार मसान्तासम्म  कुल ३ लाख ७६ हजार ८७४.८० मेट्रिक टन मल आयात गरिसकेको छ।  ५२ हजार ५०० मेट्रिक टन मल आउन बाँकी रहेको सञ्जेलले बताए। 

कृषि सामाग्री कम्पनी लिमिटेडले १ लाख ४१ हजार ९१०.१५ मेट्रिक टन र साल्ट ट्रेडिङले १ लाख ११ हजार ९६५.१५ मेट्रिक टन गरी कुल २ लाख ५३ हजार ८७६.१० मेट्रिक टन युरिया आयात भएको छ।

कृषि सामग्री कम्पनीले ७९ हजार २२०.५५ मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले ४२ हजार १९५.९० मेट्रिक टन गरी १ लाख २१ हजार ४१६.४५ मेट्रिक टन डीएपी आयात गरेको मन्त्रालयको भनाइ छ। 

यस्तै, कृषि सामग्री कम्पनीले १ हजार ५८२.२५ मेट्रिक टन पोटास आयात गरेको छ।

असार मसान्तसम्मको मन्त्रालयको तथ्याङ्कअनुसार भने ४१ हजार ५३३.४० मेट्रिक टन युरिया, २१ हजार २३८.१० मेट्रिक टन डीएपी र १ हजार ६४१.९५ मेट्रिक टन पोटास गरी ६४ हजार ४१३.४५ मेट्रिक टन मौज्दात रहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै, आर्थिक वर्ष २०७९/८० को मौज्दात मल समेत गरी असार मसान्तासम्ममा कुल ३ लाख ४२ हजार ४६२.३० मेट्रिक टन मल बिक्री गरेको मन्त्रालयले जनाएको छ। 

गत वर्षको यसै अवधिको तथ्याङ्क हेर्ने हो भने करिब २ लाख मेट्रिक टन मल मात्रै आएको थियो। पर्याप्त मल आयात नहुँदा मल अभाको समस्या किसानले झेल्नु परेको थियो।

गत असारको दोस्रो सातातिर दाङको घोराही उपमहानगरपालिका–७ का किसानहरुले धानको बिउ राख्ने समयमा मल मासु भाग लगाए जसरी भाग लगाएर बाँडेको तस्बिर सामाजिक सञ्जालमा आयो। तर कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले धान दिवसको एक कार्यक्रममा बोल्दै गर्दा मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा राखेर प्रचार गरिएको दाबी गरे।

‘दाबीका साथ भन्छु, अहिले मलको अभाव छैन। राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो। यो वर्ष मल अभाव हुने डर छैन,’ मन्त्री भुसालले भनेका थिए। त्यतिबेला मन्त्रालयको तथ्याङ्कमा ७८ हजार मेट्रिक टन मल मौज्दात थियो।

यस वर्ष रासायनिक मल अभावको समस्या नभएको, तर स्थानीय तहमा वितरणमा कहिँकतै समस्या भएको मन्त्रालयका प्रवक्ता सञ्जेलको भनाइ छ।

‘केन्द्रको आयातित परिमाणमा समस्या छैन। स्थानीय तहमा कतै बाटोको समस्याले गर्दा समयमा ढुवानी नहुँदा कहिँ कतै समस्या देखिएको छ। यो हाम्रोभन्दा पनि स्थानीय तहको समस्या हो,’ उनले भने।

जेठको दोश्रो सातादेखि साउनको दोस्रो सातासम्म डेढ लाख मेट्रिक टन मल आवश्यक पर्ने र उक्त मल आयात भइसकेको उनको भनाइ छ।

यस वर्षमा मलको अभाव नभएको र चालु आर्थिक वर्ष २०८०/८१ मा पनि मलका लागि पर्याप्त बजेट छुट्याएको हुँदा अबका दिनमा मल अभाको समस्या झेल्न नपर्ने सञ्जेलले बताए।

५२ हजार ५०० टन आउन बाँकी 
अझै ५२ हजार ५०० मेट्रिक टन मल आउन बाँकी रहेको सञ्जेलले बताए। जसमध्ये साल्ट ट्रेडिङ कम्पनीको २५ हजार मेट्रिक टन डीएपी कोलकोताबाट नेपाल आउने क्रममा रहेको उनको भनाइ छ। कृषि कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको ७ हजार ५०० मेट्रिक टन पोटास भारतको विशाखापटनमबाट नेपाल आउँदै गरेको छ। साल्ट ट्रेडिङको  २० हजार मेट्रिक टन डीएपी कोलकोत्ता आइसकेको र नेपाल आउने क्रममा रहेको उनको भनाइ छ।

मलका लागि साढे ३८ अर्ब बजेट
आर्थिक वर्ष २०७९/०८० मा सरकारले मल खरिदका लागि साढे ३८ अर्ब बजेट छुट्याएको थियो। आर्थिक वर्षको सुरुमा १५ अर्ब रकम विनियोजन गरेको थियो भने अन्तर्राष्ट्रिय बजारमा मलमा उच्च मूल्यवृद्धि भएपछि विनियोजित बजेटले नपुग्ने भन्दै  थप १६ अर्ब रुपैयाँ छुट्याइएको थियो। त्यसपछि फेरि फागुनमा ७ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको थियो।

चालु आर्थिक वर्षका लागि भने सरकारले मलका लागि ३० अर्ब बजेट विनियोजन गरिसकेको छ। 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सांसद मन्डलको प्रश्न : मल पर्याप्त छ भने कहाँ छ ? मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले कृषि मन्त्रीले मल पर्याप्त रहेको दाबी गरे पनि किसानले मल नपाएको बताएका हुन्। मंगलबार, साउन २६, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०,... सोमबार, साउन २५, २०८३
राष्ट्रिय कृषि नीति, २०८३ जारी संघीय शासन प्रणालीअनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्र... बुधबार, साउन २०, २०८३
ताजा समाचारसबै
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया बुधबार, साउन २७, २०८३
सरकारलाई ज्ञानेन्द्र शाहीको सुझाव : विकासमा समय लिनुस्, भ्रष्टाचारमा होइन बुधबार, साउन २७, २०८३
संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी काम गर्न सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको निर्देशन बुधबार, साउन २७, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक बुधबार, साउन २७, २०८३
क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्