काठमाडौं- ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निस्कर्ष सकिएको छ। तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकास मन्त्रीको पहलमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो।
बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र स्थानीयबासी तथा शहरी विकास मन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको छ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै ल्याण्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निष्कर्ष सकिएको बताए।
उनले छलफलमा काठमाडौं महानगरकाप्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने बताए।
काठमाडौं उपत्यकाको फोहोर-मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई/तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयबासीले फोहोरका गाडीहरु रोकिरहेकाले उनीहरुको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताए।
ककनी गाउँपालिका- ३ का वडाध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निष्कर्ष निस्कन नसकेको बताए। उनले आइतबार काठमाडौं महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरुसँग छलफल गर्ने तयारी रहेकाले उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निष्कर्षमा पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।