काठमाडौं– ‘मिस्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिस्टर वल्र्ड’को ताज नेपालले हात पार्न सकिने बताएको छ।
‘मिस्टर नेपाल’का प्रतियोगीका रुपमा यो पटक एकसेएक प्रतियोगी रहेकोले उपाधि जसले जिते पनि मिस्टर वर्ल्ड नेपाल भित्र्याउन सक्षम रहने रहेको नेक्स्ट मोडल्स नेपाल सिइयो रवि धमलाले बताए।
‘यो पटक हामीले प्रतियोगीको प्रशिक्षणदेखि हरेक कुरो उत्कृट गरेका छौँ’, धमलाले भने, ‘मलाई विश्वास छ। यो पटक ‘मिस्टर वल्र्ड’को ताज नेपाल आउने छ।’ ‘मिस्टर नेपाल’मा विगतका भन्दा उत्कृष्ट प्रतियोगी यसपटक रहेको धमलाले दाबी गरे।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेक्स्ट मोडल्स नेपालले प्रतियोगी सार्वजनिक गर्दै तयारीको समेत जानकारी दिएको छ।
कार्यक्रममा कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रतियोगीको विधिताबारे जानकारी दिए।
१५औं संस्करणसम्म एक्सपोज नेपालले आयोजना गरेको प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्सले आयोजना गर्दै आएको हो।
कार्यक्रममा एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगीता गर्ने अपेक्षा सहित ‘मिस्टर नेपाल’ जिम्मा दिएको जानकारी दिइन्।
कार्यक्रममा २० अन्तिम प्रतियोगी समेत सार्वजनिक गरिएको थियो। कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयसँगै प्रतियोगीतामा आउनुको उदेश्य बताएका थिए।
प्रतियोगीका रुपमा विद्यार्थीदेखि डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायत विभिन्न फिल्डबाट सहभागी छन्।
न्युलुक ‘मिस्टर नेपाल २०२३’को नामबाट आयोजना हुन लागेको प्रतियोगीताको ग्राण्ड फाइनल आगामी शनिबार दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा एक भब्य समारोहकाबीच आयोजना हुँदैछ।
प्रतियोगीतामा शीर्ष सहित बिभिन्न बिधागत गरेर १२ विजेता छानिनेछ। शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार जित्न सक्नेछन्।
प्रतियोगीताको शीर्ष सहित अन्य ४ महत्वपूर्ण विधाका विजेताले पनि यो पटकबाट अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागीको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।
देशभर आयोजना भएको अडिसनमा छानिएका उत्कृष्ट २० प्रतियोगीलाई फानलका लागि आयोजकले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी बिधामा प्रशिक्षण दिएको छ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागतिा रहेको नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन्।
प्रतियोगीताको फाइनल स्पर्धामा अभिनेत्री आँचल शर्मा, पुर्व मिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे, शैलजा अधिकारी, विश्व किरण जैन लगायत निर्णायक रहेका छन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।