डडेलधुरा– डडेलधुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो।
मंगलबार दिउँसो साढे १ बजेतिर भागेश्वर गाउँपालिका–३ पायल भन्ने ठाउँमा आँप टिप्ने क्रम रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए।
रुखबाट लडेर मृत्यु भएकी रुपाको शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।