काठमाडौं– हास्य–व्यंगमा आधारित टेलिभिजन रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ बन्द भएको छ। शोका निर्देशक तथा होस्ट विशाल भण्डारीले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै शो तत्कालका लागि बन्द भएको जानकारी दिएका छन्।
६९ एपिसोड पूरा गर्दा टिमलाई केशी समयको लागि छोटो विश्राम (ब्रेक) आवश्यक देखिएकाले तत्कालको लागि शो बन्द भएको भण्डारीको भनाइ छ।
‘६९ एपिसोडको यो यात्राले थिकत हाम्रो टिमलाई केही समयको लागि छोटो ब्रेक लिन आवश्यक देखेर टिम कमेडी क्लब विथ च्याम्पियन्स तपाईंको टीभी स्क्रिनमा देखिने छैनौं,’ भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर हामी चाँडै छोटो विश्रामपछि रिचार्ज भइ सुरुवाती उर्जामै फर्केर यहाँहरुलाई हाँसोको फोहरा छुटाउन अवश्यक आउने छौं।’
कमेडी क्लब विथ च्याम्पियन्सको १६ महिनाको यात्रा निकै रोमाञ्चक रहेको भण्डारीको भनाइ छ। काम गर्दै गर्दा सुरुवातको वर्ष नै ‘बेस्ट पपुलर टीभी शो’को अवार्ड जित्न सफल भएको उल्लेख गर्दै भण्डारीले त्यसको श्रेय कलाकार, लेखक, क्रियटिभ टिम र शोको उत्पादक थ्री प्रोडक्स टिम, कि एडभरटाइजिङ, कि एडभर्टाइजिङ र दर्शकको मायालाई जाने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।