काठमाडौं- ललिता निवास प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बहस जारी भएपछि हेर्दा हेर्दै राखिएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा बहस चलिरहेको मुद्दामा सोमबार निवेदनका कानुन व्यवसायीहरुकै बहस नसकिएपछि मंगलबारलाई हेर्दा हेर्दै राखिएको हो।
ललिता निवासमा कीर्ते गरेको अभियोगमा सीआईबीले बहालवाला सचिव कृष्णबहादुर राउत,निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह,व्यवसायी मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान थालेपछि उनीहरु बन्दीको निवेदन लिएर सर्वोच्च पुगेका थिए।
सर्वोच्चले यसअघि उनीहरुको निवेदनमा कारण देखाउ आदेश जारी गरेको थियो। सर्वोच्चले यो प्रकरणसँग जोडिएका ६ थान निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेका छ। सर्वोच्चले मगलबार निवेदन र सरकारी पक्षको बहस सुनेर अन्तिम निर्णय सुनाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।