काठमाडौं– नेपाल आयगल निगमले इन्धनको मूल्यमा स्वचालित मूल्य प्रणाली लागु गर्दा इन्धनको मूल्य घटेपछि सार्वजनिक सवारीका साधनको भाडा पनि घटेको छ। स्वचालित मूल्य प्रणाली लागु भएपछि पेट्रोल, डिजेलको मूल्य घटेको छ। पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको थियो। साथै, एलपी ग्यासमा प्रति सिलिन्डर १० रुपैयाँ घटेको छ।
इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले पनि भाडामा समायोजन गरेको हो। विभागले यात्रुवाहक सार्वजनिक सवारीको भाडा २.१३ प्रतिशतले घटेको जनाएको छ। यस्तै, मालबहाक सवारीको भाडा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले घटेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नयाँ भाडा दर आज (सोमबार) देखि नै लागु हुने बताएका छन्। त्यसको अनुगमन गर्न ट्राफिक प्रहरीलाई जिम्मा दिएको मन्त्री ज्वालाले बताएका छन्।
मन्त्री ज्वालाले भने,‘घटाइएको भाडादर आजदेखि नै लागु हुन्छ। त्यसको अनुगमन यातायता ब्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ।’
हेर्नुहोस् नयाँ भाडादर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।