सोल– दक्षिण कोरियामा गत साताको भारी वर्षापछिको बाढी र पहिरोका कारण ३५ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परेर अन्य १० जना बेपत्ता भएका छन्। सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो।
पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन्। गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो।
उत्तरी ग्योङसाङ प्रान्तमा १० जना बेपत्ता छन्। बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ। मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गत राति ७ वटा शव निकालिएको थियो।
अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका ७ हजार ८६६ जना विस्थापित भएका छन्। सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या १४९ पुगेको छ । सडक भत्किएका छन् भने सवारी साधन बगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।