काठमाडौं– नेपाल सरकारले चलचित्र छायाङ्कनका लागि इन्डोर स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्डलाई काभ्रेको बनेपा–१० र १३ को जग्गा प्रयोग गर्न स्विकृति दिने निर्णय गरेको छ।
यो निर्णयपछि चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले सबै नेपाली चलचित्रकर्मीले सफलता प्राप्त गरेको बताएका छन्।
‘बोर्डमा अध्यक्ष भएर आएको पहिलो दिनदेखि इन्डोर छायाङ्कन स्टुडियोको लागि जुन मेहनत गरेँ, त्यसबाट आज हामी सबै चलचित्रकर्मीले सफलता प्राप्त गरेका छौँ,’उनले भने।
उनले अत्याधुनिक स्टुडियो निर्माणको सो जग्गामा भ्रमण गरी र वन मन्त्रालयसहित सम्बन्धित विभिन्न निकायहरूसँग कयौँ पटक छलफल गरेको बताए।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बाहुनडाँडा वनको २.५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि दिने निर्णय भएको जानकारी दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।