• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

हिरासतमा योजना बनाएर काठमाडौंमा स्न्याचिङ आतंक, टार्गेटमा मर्निङ वाकमा निस्केका महिला

लुट्नलाई चोरीको मोटरसाइकल प्रयोग, हरेक पटक नम्बर परिर्वतन
64x64
नारायण अधिकारी आइतबार, असार २४, २०८०  १६:३५
1140x725

काठमाडौं- असार १ गते काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने ४६ वर्षीया रमा पाण्डे मर्निङवाकमा निस्किन्। बिहान ४ बजेर ४० मिनेटमा पाण्डे पाण्डेको १ तोलाको गलाको सिक्री एक युवकले थुतेर दौडिँदै नजिकैको मोटरसाइकलमा चढे अनि फरार भए। मोटसाइकलको नम्बर प्लेट खुलेन।

यो घटनाको उजुरी प्रहरीकहाँ पुग्यो। प्रहरीले उक्त क्षेत्रको सीसीटीभी फुटेज हेर्दा हरियो रङको हेल्मेट लगाएको, पछाडि बस्नेले कालो हुडी लगाएको केटीएम डुक मोटरसाइकल देखियो। उनीहरु त्यहाँबाट सामाखुसीतर्फ गएको देखियो।

पाण्डे लुटिएको केही घण्टापछि नै ५ बजेर ५५ मिनेटमा फेरि अर्की महिला लुटिइन्। टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल नजिकै मर्निङ वाकमा निस्केकी ४५ वर्षीया सरस्वती खतिवडाको पनि एक तोलाको सिक्री लुटियो। घटना लुट्ने शैली पाण्डेसँगै मेल खायो। 

सीसीटभी फुटेजमा हेर्दा उस्तै हुलिया देखियो। कालो रङको हुडी, कालो ट्राउजर र कालो रङको फित्ता भएको चप्पल लगाएको पुरुष व्यक्ति र हरियो रङको हेल्मेट, कालो ज्याकेट, खरानी रङको पाइन्ट र सेतो जुत्ता लगाएको व्यक्ति केटीएम डुक मोटरसाइकल चलाई पिछा गरेर लुटपाट गरी फरार भएको देखियो।

घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेकै थियो। भोलिपल्ट असार २ गते यो प्रकृतिको स्न्याचिङ भएन। फेरि ३ गते भने उही प्रकृतिको घटना नागार्जुनमा देखियो। नागार्जुन नगरपालिका-५ बुद्धचोकस्थित मर्निङ वाकमा निस्केकी ५५ वर्षीया रेखा घिमिरेको १.७५ तोलाका सुनको सिक्री लुटेर उसैगरी मोटरसाइकलमा दुई युवा फरार भए। यो घटनाको सीसीटीभी फुटेजमा पनि देखियो उही हुलिया।

यी सबै घटनाको प्रकृति हेर्दा उस्तै र हुलिया तथा मोटरसाइकल पनि उही प्रयोग भएको देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकै समूहबाट स्न्याचिङ भएको हुन सक्ने भन्दै अनुमानलाई तिव्रता दियो। पुराना पटके चोरहरुदेखि आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको निगरानी गरिरहे पनि केही सुराक प्रहरीले पत्ता लगाउन सकेको थिएन।

‘मोटरसाइकलमा नम्बर प्लेट नखुल्ने र कुनैमा खुलेको देखिए पनि उक्त नम्बर प्लेट नै नक्कली हालेको पाइएपछि अनुसन्धानमा झन् असहज भएको थियो,’ अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी डा मनोज केसीले भने।

असार ३ गतेपछि ९ दिनसम्म असार १२ गतेसम्म यस्तो स्न्याचिङ भएको भन्दै प्रहरीमा कुनै जानकारी तथा उजुरी आएन। प्रहरीले अनुसन्धानलाई पनि तीव्र पारेको विषय लुटेराहरुले जानकारी पाएको हुनाले घटना नदोहोरिएको हुनसक्ने आकलन प्रहरीले गरिरहेकै बेला असार १३ गते फेरि यस्तै घटना दोहोरियो।

nimb
nimb
Ncell 2
Ncell 2

टोखा नगरपालिका–३ विष्णुमति पुल नजिकै करिब ७० वर्षीया मंगलीमाया डंगोलको गलाको सुनको सिक्री लुटियो। सीसीटीभमा देखियो उस्तै दृश्य–उही हुडी, उही हेल्मेट, उही मोटरसाइकल उस्तै हुलियाका दुई युवा। लुटेर बिहान ५:५० मा दुई युवा मोटरसाइकलमा फरार भएको देखियो।

मर्निङ वाकमा निस्केका महिलालाई लक्षित गर्दै स्न्याचिङ गरेपछि प्रहरीलाई यो गिरोह पक्राउ गर्न निकै चुनौतीपूर्ण देखियो भने मर्निङ वाकमा निस्कने महिलाहरु पनि असुरक्षित हुन थाले। सीसीटीभी फुटेजमा समेत लुटपाट भएको भिडियो देखिँदा समेत पहिचान गरेर पक्राउ गर्न नसकेपछि अपराध अनुसन्धान कार्यालयको टोली लुटपाट हुनसक्ने सम्भावित ठाउँमा बिहानै रेकी गर्न निस्कियो। ताकी स्न्याचिङ गिरोहलाई रंगेहात पक्राउ गर्न सकियोस्। 

स्न्याचिङको अनुसन्धान गरिरहेकै बेला फेरि टोखामा असार १९ गते अर्की महिला लुटिइन्। बिहान ४ बजेर ५० मिनेटमा टोखा नगरपालिका–४ कृष्ण मन्दिर नजिकै मर्निङ वाकमा निस्केका बेला ३४ वर्षीया गंगा रानामगर लुटिइन्। अन्दाजी १ तोलाको सुनको सिक्री लुटेरा दुई युवा मोटरसाइकलमा फरार भए। यो घटनाको हुलिया र प्रकृति पनि अन्य घटनासँग मेल खायो।

यसको आधा घण्टापछि ५ बजेर ३७ मिनेटमा महाराजगञ्ज चक्रपथ बंगलामुखी मन्दिर नजिकै मर्निङ वाकमा निस्केकी अर्की महिला ६० वर्षीया कान्छी श्रेष्ठ लुटिइन्। उनको गलाको आधा तोलाको सुनको सिक्री लुटेर मोटरसाइकलमा दुई युवा फरार भए। यो घटनाको प्रकृति पनि अन्य घटनासँग मेल खायो।

यसको भोलिपल्ट असार २० गते टोखा–३ शेर्पा पेट्रोल पम्प नजिकै मर्निङ वाकमा निस्केकी अर्की महिला ४३ वर्षीया रिता श्रेष्ठको गलाको सिक्री पनि लुटपाट भयो। करिब पौन तोलाको सुनको सिक्री लुटेर गिरोह पहिलाकै जसरी मोटरसाइकलमा फरार भयो। 

सोही दिन बिहान पौन ६ बजे काठमाडौं–१५ चागलमा पनि मर्निङ वाकमा निस्केकी अर्की महिला ६५ वर्षीया सरस्वती डंगोल लुटिइन्। सवा तोलाको सुनको सिक्री लुटेरो दुई युवा मोटरसाइकलमा देखियो फुटेज देखियो। यो घटनाको हुलिया र प्रकृति पनि अन्य ७ वटा स्न्याचिङ घटनासँग मेल खायो।

प्रहरीले विभिन्न कोणबाट गरेको अनुसन्धान, सीसीटभी फुटेजमा देखिएको हुलियाका आधारमा अन्तत: स्न्याचिङमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गर्न सफल भयो।

पक्राउ पर्नेहरुमा रामेछापको लिखु गाउँपालिका–१ स्थायी घर भई काठमाडौंको हाँडीगाउँ बस्ने ३२ वर्षीय रवीन दमाई, सुनसरीको धरान उपमहानगरपालिका–८ घर भइ काठमाडौंको चाबहिल बस्ने १८ वर्षीय रवि विश्वकर्मा, काभ्रेको पाँचखाल नगरपालिका–७ घर भई काठमाडौं बानेश्वर बस्ने २६ वर्षीय उमेश क्षेत्री, धनकुटाको लेगुवा गाउँपालिका–७ घर भई काठमाडौं रामन्दिर बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बंगाल घर भई काठमाडौं, न्युरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती छन्।

लुटिएको सुन उनीहरुले न्युरोडका सुनचाँदी व्यवसायी श्रीकान्ता माइतीलाई बेच्ने गरेको पाइएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो। उनीहरुले पहिला सुन गाल्ने अनि मात्रै बेच्ने गरेको पाइएको छ। पक्राउ परेकाहरु यसअघि पनि लुटपाट तथा चोरीमा पक्राउ परेर मुद्दा चलेका व्यक्तिहरु रहेको पाइएको छ। 

उनीहरुबाट ११.२ ग्रामको सुनको ढिक्का १ थान, सिक्री लुटपाट गर्न प्रयोग भएको मोटरसाइकल २ वटा, मोबाइल ६ थान र ४७ ग्रामको सुनको नेक्लेस बरामद गरेको छ। त्यसैगरी लुटपाट गर्दा प्रयोग भएका कपडाहरु, हेल्मेट चप्पल, जुत्ता पनि प्रहरीले बरामद गरेको छ। 

लुट्नलाई चोरीको मोटरसाइकल प्रयोग, हरेक पटक नम्बर परिर्वतन
यी सबै ८ वटै स्न्याचिङको घटनामा एउटा मात्रै डुक मोटरसाइकलको प्रयोग भएको छ। उक्त मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। प्रहरी अनुसन्धानको क्रममा लुट्न प्रयोग गरिएको उक्त डुक मोडरसाइकल नै चोरीको भएको पाइएको छ। 

उनीहरुले हरेक घटनामा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गर्दै लुटपाटमा प्रयोग गर्ने गरेको खुलेको छ। त्यसैगरी यो गिरोहबाट अर्को एउटा पल्सर एनएस मोटरसाइकल पनि बरामद गरेको छ। उक्त मोटरसाइकल पनि चोरीकै भएको पाइएको एसएसपी केसीले बताए। 

उनीहरुबाट बरामद भएको एनएस मोटरसाइकल गत कात्तिक २७ गते घट्टेकुलोबाट चोरी भएको खुल्न आएको छ भने अर्को डुक मोटरसाइकल रवि विक र रविन दमाई भएर असार असार १३ गते कालिमाटीबाट चोरी गरेर नम्बर प्लेट परिवर्तन गर्दै लुटपाटमा प्रयोग भएको खुलेको एसएसपी केसीले जानकारी दिए।

बरामद भएको डुक मोटरसाइकलभन्दा पहिलो स्न्याचिङ गर्न प्रयोग भएको अर्को डुक मोटरसाइकल भने अहिले काठमाडौं बाहिर पुर्‍याइएको पाइएको छ। त्यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

हिरासतमा योजना, छुटेपछि शृंखलाबद्ध लुटपाट
यो स्न्याचिङको कथा भने हिरासतबाट सुरु भएको पाइएको छ। गत वैशाखमा रविन दमाई पेप्सीकोलामा भएको ४ तोलाको सुनको रानिहार लुटपाट घटनामा पक्राउ परेर प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा पुगेका थिए। 

उक्त हिरासतमा पहिल्यै पुगेका थिए अर्का व्यक्ति उमेश क्षेत्री। उनी मोटरसाइकल चोरीको आरोपमा हिरासत पुगेका थिए। यी दुवैको भेट प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा भयो। हिरासत बस्दा नै चिनजान भएका उनीहरुले त्यही स्न्याचिङको योजना बनाए। अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरु बाहिर निस्किए। 

त्यसपछि उनीहरुले आफूसँग चिनजान भएका रवि र उमेशलाई आफ्नो योजना सुनाए र शृंखलाबद्ध रुपमा स्न्याचिङको घटना गराएको अनुसन्धानबाट खुलेको छ। 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
होस्टलमा कुटपिट, एक युवकको मृत्यु काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग... शनिबार, भदौ ६, २०८३
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ अनुदानमा उपलब्ध गराइएको युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा शनिबार, भदौ ६, २०८३
हेटौँडा कपडा उद्योग परीक्षण उत्पादनको मन्त्री यादवद्वारा अनुगमन शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा ‘इन्डिपेन्डेन्ट मदर्स अफ नेपाल’को प्रदर्शन शनिबार, भदौ ६, २०८३
‘अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाऊँ’ : विश्वप्रकाश शर्मा शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याबारे कुलमान घिसिङद्वारा दुःख व्यक्त शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्