• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कसको नेतृत्वमा बन्ला कोशीमा नयाँ सरकार?

64x64
ईश्वर बराल शुक्रबार, असार १५, २०८०  २०:५५
1140x725

काठमाडौं- नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढलेपछि अब कसको नेतृत्वमा नयाँ सरकार बन्ला भन्ने चासो बढेको छ। खासगरी इतर समूहमा मुख्यमन्त्रीका आकांक्षी दुई जना रहेकाले अब कोशी प्रदेश सरकारको नेतृत्व कसले लिन्छ भन्ने अन्योल छ। कोशीमा आसन्न सरकारका बारेमा ३ वटा अनुमान आएका छन्। 

पहिलोः एमाले इतरले बहुमत पुर्‍याउने
शुक्रबारको संसदीय अंकगणित हेर्ने हो भने कोशीमा एमाले–राप्रपा एकातिर र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी एकातिर रहने देखिन्छ। शुक्रबार संसद्‌मा अनुपस्थित रहेकी जसपाकी एक मात्र सांसदले पनि पछिल्लो गठबन्धनमा सहभागिता जनाए बहुमत पुग्ने अवस्था छ। कांग्रेसका २९, माओवादीका १३, एसका ४ सांसद छन्। उता एमालेका ४० र राप्रपाका ६ सांसद छन्। 

९३ सदस्य प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। माओवादी केन्द्रबाट सभामुख भएका बाबुराम गौतमको निर्णायक मतले एमाले इतरको गठबन्धनलाई राहात मिल्न सक्छ। तर सभामुखले निर्णायक मत हाल्न पाउने कि नपाउने भन्ने चाहिँ अन्योल छ। 

एमालेले सभामुखले दलीय आबद्धता त्यागिसकेकोले सरकार गठनमा सहभागी हुन नपाउने बताइरहेको छ। शुक्रबारै प्रदेश प्रमुखलाई भेटेर एमालेले सो विषयको ध्यानाकर्षण जनाइसकेको एमाले कोशी संसदीय दलका सचेतक रेवतीरमण भण्डारीले बताएका छन्। 

‘सभामुखसहित ४७ सांसदको हस्ताक्षर लिएर सरकारको दाबी हुनसक्ने भनेर हामीले प्रदेश प्रमुखलाई सचेत गराएका छौं। सभामुखले दलीय अबद्धता त्यागिसक्नुभएको छ। अब उहाँ सरकार गठन, विघटन प्रक्रियामा सहभागी हुन मिल्दैन,’ भण्डारीले नेपाल लाइभलाई बताए। 

तर, यो गठबन्धनमा कसको नेतृत्व स्वीकार्ने भन्ने झमेला छ। कांग्रेस र माओवादी केन्द्रले समान रुपमा दाबी गरिरहेका छन्। सरकारको नेतृत्वमा दाबी गरिरहे पनि उनीहरु गठबन्धनबाटै सरकार बन्नेमा भने विश्वस्त छन्। 

कांग्रेस संसदीय दलका नेता उद्धव थापा कोशीमा अब गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्छन्। आफूहरुसँग ४६ सांसद रहेकोले बाँकी १ सांसद थप्नेमा कठिन नहुने बताउँछन्। 

‘हाम्रो गठबन्धनमा ४६ सांसद छौं। बहुमतका लागि आवश्यक १ सांसद हो तर हामी राप्रपासँग पनि संवादमा छौं। ऊ पनि हामीसँग आउँछ भन्ने छ,’ नेपाल लाइभसँग कुरा गर्दै थापाले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, सरकारको नेतृत्वको दाबी गरिरहेका माओवादी नेता इन्द्र आङ्बो पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताउँछन्।

‘एमालेको सरकार ढलेपछि निर्विकल्प बन्ने भनेको गठबन्धनकै सरकार हो,’ आङ्बोले भने। आङ्बो आवश्यक छलफल पार्टीहरुको केन्द्रीय नेतृत्वले गर्ने भएकोले कसको नेतृत्वमा सरकार बन्छ त्यो भने छिट्टै तय हुने दाबी गर्छन्। 

दोस्रोः एमालेले ठूलो दलको नाताले सरकार बनाउन पाउनुपर्ने 
शुक्रबार मात्र अल्पमत परेर आफ्नै सरकार ढलेपछि एमालेले पुन: मुख्यमन्त्रीमा दाबी गरेको छ। यसअघि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार बनिसकेकाले अब सरकारका लागि आह्वान गर्दा उपधारा ३ बमोजिम गर्नुपर्ने एमालेले माग गरेको छ। धारा ३ मा ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गरिने प्रावाधान छ। 

एमालेले सोही आधारलाई टेकेर प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर आफ्नो दाबी दर्ज गराएको भण्डारीले जानकारी दिएका छन्। 

नेपालको संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछ भन्ने व्यवस्था रहेको छ। यसअघि कार्की नेतृत्वको सरकार सोही धारा बमोजिम माओवादी केन्द्र, राप्रपा, जसपाको समर्थनमा गठन भएको थियो। 

शुक्रबार संसद्‌मा कार्की अल्पमतमा परेपछि उपधारा ३ अनुसार सरकार गठन गर्नुपर्ने धारणा एमालेले राखेको हो। यो उपधारामा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ भन्ने प्रावधान रहेको छ। यसैमा रहेर एमालेले आफ्नो दाबी प्रस्तुत गरेको हो। 

जवाफमा प्रदेश प्रमुख खापुङले आफूले कानुन अनुसार आह्वान गर्ने बताएको भण्डारीले नेपाल लाइभलाई बताए। 

‘हामीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका छौं। यसअघि हाम्रो नेतृत्वको सरकार उपधारा २ बमोजिमको हो,’ खापुङलाई उदृत गर्दै भण्डारीले भने, ‘प्रदेश प्रमुखले कानुन अनुसार गर्छु भन्नुभएको छ।’

एमालेले भने बमोजिम नै सरकार बन्ने अवस्था आए कार्की पुन: मुख्यमन्त्री बन्नेछन् तर उनले ३० दिनभित्र बहुमत जुटाउनुपर्ने हुन्छ। तर प्रदेश प्रमुखले कुन धारालाई टेकेर सरकार गठनको आह्वान गर्छन्, त्यो भने हेर्नै बाँकी छ। 

तेस्रोः सर्वपक्षीय सरकार
विश्वासको मत माग्दै गर्दा निर्वतमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वपक्षीय सरकार बनाउन प्रस्ताव गरेका थिए। ‘अहिले पनि म सर्वपक्षीय सरकारको पक्षमा छु। मेरा प्रयास यसका लागि निरन्तर अघि बढ्नेछन्। यसको अर्को विकल्प छैन,’ कार्कीले भनेका थिए। 

यसअघि राप्रपाले पनि कसैको पनि स्पष्ट बहुमत नभएकाले सर्वदलीय सरकार बनाउन प्रस्ताव गरेको थियो। राप्रपा सांसद अम्बरबहादुर विष्टले कार्कीको विश्वासको मतको प्रस्तावमाथि बोल्ने क्रममा उक्त प्रस्ताव गरेका थिए। 

उनले कोशी प्रदेशमा सरकार बनाउने र भत्काउने अभ्यास सुरु भएको भन्दै यसरी अस्थिरता सिर्जना गर्नुभन्दा सबै मिलेर सरकार सञ्चालन गर्नु राम्रो हुने टिप्पणी गरेका थिए। 

यता, कांग्रेस नेता थापा पनि उक्त प्रस्तावलाई अस्वीकार गर्नुपर्छ भन्ने अवस्था नरहेको बताउँछन्। 

‘साथीहरु सहमतिका आधारमा सरकार बनाउँ पनि भन्नुभएको छ। प्रदेशको अंकगणित र स्थायित्वलाई हेर्दा उक्त विषय महत्वपूर्ण हो,’ थापाले भने। तर आफूहरु संघकै गठबन्धनलाई कायम राख्न बहुमत पुर्‍याउने कोसिसमा रहने थापा बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्