काठमाडौं– क्रिकेटर सन्दिप लामिछानेबिरुध्द बलात्कार मुद्दा दाय गरेकी किशोरी (गौशाला २६) लाई जिल्ला अदालत काठमाडौंले उपचार खर्च दिन आदेश दिएको छ।
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजालशले पीडित गौशाला २६ लाई उपचार खर्च भराउनका लागि आदेश दिएको हो।
पीडित बालिकाले आफू अदालत धाउँदा–धाउँदै ७० हजार रकम खर्च भएको र मानसिक रुपमा अस्वस्थ भई उपचार गराउनका लागि निवेदन पेस गरेकी थिइन्।
जिल्ला अदालत काठमाडौंले पीडितलाई राहत स्वरुप उपचारका लागि राहत कोषबाट तत्काल एक लाख रुपैयाँ दिन आदेश दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।