• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

११ महिनामा साढे ३३ अर्बको धान–चामल आयात, उत्पादन क्षेत्र घट्दो क्रममा

64x64
कल्पना घिमिरे शुक्रबार, असार १५, २०८०  ०८:३०
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– चालु आर्थिक वर्ष (२०७९/८०) को ११ महिनामा ३३ अर्ब ६४ करोड ३१ लाख ४९ हजार रुपैयाँको धान–चामल आयात भएको केन्द्रीय भन्सार विभागले जनाएको छ।

जसमध्ये ७५ करोड ६३ लाख ८६ हजार रुपैयाँको १८८२.९८ मेट्रिक टन धानको बीउ,  १८ अर्ब १५ करोड १४ लाख २८ हजार रुपैयाँको ५०४८९८.६३ मेट्रिक टन धान आयात भएको छ। यस्तै १४ अर्ब ४४ करोड ३६ लाख ४२ हजार रुपैयाँको २०८९१९.५९ मेट्रिक टन चामल, २८३०१४ हजार रुपैयाँको ८८७४.२३ मेट्रिक टन कनिका, १८ लाख २३ हजार रुपैयाँको ३३.१६ मेट्रिक टन धानको भुजा र ६५ लाख ३४ हजार रुपैयाँको १५४.२ मेट्रिक टन चिउरा आयात भएको विभागको तथ्यांकमा छ।

गत वर्ष सोही अवधिमा ४४ अर्ब ४३ करोड २८ लाख ३८ हजार रुपैयाँको धानचामल आयात भएको थियो। जस अनुसार गत वर्षको तुलनामा ११ अर्बभन्दा बढीले आयात घटेको देखिन्छ।

चालू आर्थिक वर्षमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। जुन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो। यहाँ उत्पादन बढेपछि आयात घटेको पाइएको छ। गत वर्ष ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो।

यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षकोभन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

उत्पादन क्षेत्र घट्दा आयात बढ्दै 
कृषि विज्ञ डा कृष्ण पौडेल नेपालमा कृषि प्रणाली व्यवस्थित नहुँदा धान उत्पादन क्षेत्र घट्दै गएको र आवश्यक धान उत्पादन नहुँदा आयात गर्नुपर्ने अवस्था आएको बताउँछन्। धान उत्पादन बढाउन सरकारले किसानलाई धानखेतीमा आकर्षित गरी कृषिमा अनुदान दिनुपर्ने उनको भनाइ छ।

‘सरकारले किसानलाई विभिन्न अनुदान दिएर धान खेतीमा आकर्षित गर्न सके आवश्यक धान आफैं उत्पादन गर्न सकिन्छ। सबैभन्दा दुःखको कुरा धान रोप्ने सिजनमै मल अभाव हुन्छ। यस्तो समस्या हुन नदिन सरकारले समयमै मल व्यवस्थापन गर्नुपर्छ,’ उनले भने। 

करिब ३० वर्षअघि नेपालले आफ्नो देशमा उत्पादित चामल बाह्य मुलुकमा पठाउने गरेको विज्ञहरु बताउँछन्। तर अहिले भने वार्षिक अर्बौंको धान–चामल बाह्य मुलुकबाट आयायत गर्नुपर्ने अवस्था छ। 

Ncell 2
Ncell 2

नेपालले सन् १९६० को दशकमा धान, चामललगायतका खाद्यान्न निर्यात गर्थ्यो। त्यति बेला भारतले धान–चामल आयात गर्थ्यो। सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन धान र चामल आयात गर्दा नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख डा राजेन्द्र उप्रेतीले बताए। त्यस बेला उक्त परिमाणको चामलको मूल्य ४ करोड ३० लाख अमेरिकी डलर रहेको उनको भनाइ छ।

यो क्रम सन् १९८५ सम्म घट्दो क्रममा चलेको थियो। सन् १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको डा उप्रेतीले जनाए। सन् १९९० को दशकमा आयात उकालो लाग्न थालेपछि नेपाल धान–चामल निर्यात गर्ने देशबाट आयात गर्ने देशमा परिणत हुन थाल्यो। 

बर्सेनि रोपाइँ क्षेत्र घट्दै
सरकारले धान लगायतका खेतीमा आकर्षित गर्न किसानलाई विभिन्न सेवा सुविधा दिनु पर्नेमा कृषि क्षेत्रमा खासै चासो नदिएको डा पौडेलले बताए। ‘कसरी धान उत्पादन बढाउने भन्नेतिर लाग्नुपर्नेमा गमलामा धान रोप्नुपर्छ भन्ने सन्देश जाने गतिविधि गर्छन् देशका कृषि मन्त्री। केही वर्षअघि कृषिमन्त्रीले गमलामा धान रोपेर धान दिवस मनाए। अस्ति भर्खर कृषिमन्त्रीले गमलामा मकै रोपेको तस्बिर आएको थियो। काम गर्नभन्दा उत्सव मनाउनतिर लागेको देखिन्छ,’ डा पौडेल भन्छन्। 

चालू आर्थिक वर्ष (२०७९/८०) मा १४,४७,७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। सो क्षेत्रमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। धान उत्पादन क्षेत्र भने २० हजार हेक्टर घटेको पाइएको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा कूल १४,७७,३७८ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो। सो वर्ष ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। यस्तै आव २०७७/०७८ मा १४,७३,४७४ हेक्टर जमिनमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा १४,५८,९१५ हेक्टर जमिनमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो। आर्थिक वर्ष २०७५/०७६ मा १४,९१,७४४ हेक्टर जमिनमा खेती हुँदा ५६ लाख १० हजार ११ मेट्रिक टन धान फलेको थियो।

६२ लाख टन आवश्यक
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालीलाई वर्षभरी पेट भर्न बढीमा ६२ लाख मेट्रिक टन धान खपत हुने अनुमान रहेको छ।

केन्द्रीय तथ्यांक विभागको खाद्यान्न खपतसम्बन्धी सर्वेक्षणका आधारमा यस्तो अनुमामन गरेको हो। विभागले सन् २०१६/०१७ को वार्षिक घरपरिवार सर्वेक्षण अनुसार, नेपालीले वर्षमा औसत प्रतिव्यक्ति ११२ किलो चामल खपत गर्छन्। नेपालीको प्रतिव्यक्ति चामल उपभोग बढेर वार्षिक १३० किलो हाराहारी पुगेको अनुमान गर्दा दुई करोड ९१ लाख नागरिकको पेट भर्न बढीमा ३८ लाख मेट्रिक टन चामल भए पुग्नुपर्ने हो।

१०० किलो धानबाट ६२ किलो चामल उत्पादन हुने मानकका आधारमा हेर्दा ३८ लाख मेट्रिक टन चामल उत्पादन गर्न ६२ लाख मेट्रिक टन धान चाहिन्छ। यसमा बीउका लागि थप धान आवश्यक पर्छ। तर, नेपालमा उत्पादन र आयात भएको तथ्यांक हेर्दा यो परिमाणभन्दा धेरै धान चामल खपत भइरहेको छ। नेपालमा प्रत्येक वर्ष ५५ लाख मेट्रिक टन हाराहारीमा धान उत्पादन हुने गर्दछ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार शुक्रबार, माघ २, २०८२
क्यानडाका प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता शुक्रबार, माघ २, २०८२
नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का शुक्रबार, माघ २, २०८२
प्रमुख निर्वाचन आयुक्तले भने– कांग्रेस विवादमा विधिसम्मत निर्णय दिन्छौं शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्