तस्बिर : रोयटर्स
काठमाडौं– अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संचारकर्मीसँग प्रश्नोउत्तर गर्ने भएका छन्। यसअघि सत्ता सम्हालेको ९ वर्ष पूरा भइसक्दा पनि पत्रकार समक्ष प्रश्नोउत्तर नगरेका प्रधानमन्त्री मोदीको यो पहिलो कार्यक्रम हुने छ।
अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सले ह्वाइट हाउसका उच्च अधिकारी जोन किर्बीको हवला दिँदै उक्त कुरा उल्लेख गरेको छ।
राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री मोदीले संयुक्तरुपमा सम्बोधन गर्ने पत्रकार सम्मेलनमा मोदीले पत्रकारहरुको प्रश्नहरुसँग सवाल–जवाफ गर्ने ती अधिकारीले बताएका छन्। ह्वाइट हाउसका ती अधिकारीले यसलाई ‘बीग डिल’ भनेर संज्ञा दिएका छन्।
रोयटर्सले मोदीका लागि यो असामान्य हुने बताएको छ। प्रधनमन्त्री मोदी केही ‘फर्म्याट’ अन्तर्वार्तामा सहभागी जनाए पनि पत्रकारहरुसँगको पहिलो पटक प्रस्तुत हुन लागेका हुन्।
प्रधानमन्त्री बनेपछि उनले भारतमा कुनै पनि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छैनन्। मे २०१९ मा एक पत्रकार सम्मेलनमा सहभागी भए पनि मोदीले पत्रकारहरुको प्रश्न लिएका थिएनन्।
किर्बीले आफूहरुलाई यो महत्त्वपूर्ण लागेको र प्रधानमन्त्री मोदीले पनि महत्त्वपूर्ण ठान्ने बताएका छन्।
पत्रकार सम्मेलनमा मोदीले दुईवटा प्रश्नको सामना गर्ने अमेरिकी अधिकारीले बताएका छन्। एउटा प्रश्न अमेरिकी पत्रकारले गर्ने र एक प्रश्न भारतीय पत्रकारले गर्ने किर्बीले रोयर्टसलाई बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।