Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

तरकारी तथा फलफूलमा जीवनाशक विषादीको अवशेषको सीमा निर्धारण गरियो, परीक्षण सुरु गरिएन

64x64
कल्पना घिमिरे बिहीबार, असार ७, २०८०  २१:५५
1140x725

काठमाडौं– सरकारले कार्यविधि पारित भएको तीन महिनापछि जीवनाशक विषादीको अवशेषको सीमा निर्धारण गरेको छ। कृषि मन्त्रालय अन्तर्गतको खाद्य तथा गुण नियन्त्रण विभागले जीवनाशक विषादीको अवशेषको सीमा निर्धारण गरी गत जेठ २५ गते कृषि मन्त्रालयको राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

नेपाल सरकारले खाद्य ऐन २०२३ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी खाद्य वस्तुको गुणस्तर निर्धारण सम्बन्धी खण्ड ५० सङ्ख्या ४२, २०५७ माघ २३ तथा खण्ड ७० सङ्ख्या ४१, २०७७ माघ २६ को नेपाल राजपत्रमा प्रकाशित सूचनाको प्रकरण १६ राखी हेरफेर समेत गरेको छ।

जस अनुसार अब विदेशबाट आयातित तथा स्वदेशमा उत्पादित खाद्यान्न तथा तरकारी–फलफूलमा हुने जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा परीक्षण हुने कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ।

कति प्रकारका विषादी परीक्षण? 
सबै प्रकारका सागमा अल्ड्रिन डिल्ड्रिन, एमिटोक्ट्राडिन, बोस्कालिड लगायत २४ प्रकारका विषादी परीक्षण गरिनेछ। ब्रासिका जातका सागपातमा भने १०, रायो तोरीको सागमा ९, पालुङ्गो सागमा १५ प्रकारका विषादीको मात्रा परीक्षण गरिने कृषि मन्त्रालयले जनाएको छ। लहरे तरकारी बाहेकका फल तरकारी भिन्डी साग लगायतका तरकारीमा ३३ प्रकारका विषादीको मात्रा परीक्षण गरिने मन्त्रालयले जनाएको छ।

यस्तै गोलभेंडामा ८२, भण्टामा २६, खुर्सानी जस्ता वस्तुमा ३७, जसमध्ये पिरो हुने खुर्सानीमा १३, पिरो नहुने भेडे खुर्सानीमा २७ प्रकारका विषादीको मात्रा परीक्षण गरिनेछ। कोसे तरकारीमा १४ प्रकार, सिमी जातका कोसे तरकारीमध्ये ७ प्रकारका सिमीमा १७, बकुल्लामा १ र भटमासमा २ प्रकारका विषादी परीक्षण गरिनेछ। काँक्रोमा ४९, फर्सीमा १, जरा तथा कन्दमुलीय तरकारीमा २०, गाँजरमा ३२, आलुमा ७७, बन्दामा ३७, ब्रोकाउलीमा २०, फूलकोभी १६, कागती ७९, सुन्तला ८, जुनारमा १९, स्टबेरी ६२, ब्लुबेरी लगायतका साना फलमा १५, अंगुरमा १०१, आँप २६, मेवा २१, अनार ७, एभोकाडो १९, केरा ४५, भुइँकटहर १५, किवी १२, स्याउ २८, नासपातीमा १७ भियामा २३ प्रकारका विषादी परीक्षण गरिने मन्त्रालयले जनाएको छ।

सुरु भएन परीक्षण
गत चैत २८ गते खाद्यान्न, फलफूल तथा तरकारीजन्य वस्तुमा विषादी परीक्षण कार्यविधि मन्त्रिपरिषदको बैठकले पारित गरेको थियो। कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले खाद्य तथा गुण नियन्त्रण विभागले विषादीको सीमाको अवशेष निर्धारण गरेर राजपत्रमा प्रकाशित भएपछि आयातित तथा स्वदेशी खाद्यान्न, फलफूल तथा तरकारी जन्य वस्तुमा देशैभरबाट परीक्षण हुने बताएका थिए।

उनले नियमित परीक्षणमा दुई वटा क्याटेगोरीको परीक्षण हुँदै आएको र अवशेषमा सीमा निर्धारण गरिसकेपछि थुप्रै किसिमका विषादीका क्याटेगोरी परीक्षण हुने बताएका थिए।

‘विषादी परीक्षण खाद्य तथा गुण नियन्त्रण विभागले गर्ने गरिरहेको छ। यो राजपत्रमा प्रकाशित हुने प्रक्रियामा छ। त्यसपछि लागू हुन्छ,’ उनको भनाइ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले जीवनाशक विषादीको अवशेषको सीमा निर्धारण गरी राजपत्रमा प्रकाशित भइसक्दा पनि आयातित वा स्वदेशी खाद्यान्न, फलफूल तथा तरकारी जन्य वस्तुमा विषादी जाँच गर्ने कार्य सुरु भएको छैन। खुलेआम भारतीय वस्तु नेपाल आइरहेका छन्। नेपालमा उत्पादित वस्तुको पनि परीक्षण गरिएको छैन।

सरकारको स्वामित्वमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पनि अहिले जम्मा दुई क्याटेगोरीका विषादी मात्रै जाँच गरिरहेको पाइएको छ। जसमा कार्वामेट र अर्गानो फस्फेट नामक विषादीको मात्रै जाँच भएको कालीमाटी तरकारी बजारको तथ्यांकमा उल्लेख छ।

खाद्य तथा गुण नियन्त्रण विभागका प्रवक्ता भने आफूलाई विषादी परीक्षणको बारेमा जानकारी नभएको बताउँछन्। ‘यो विषादी परीक्षणको क्याटेगोरी छुट्याएर राजपत्रमा प्रकाशित भइसकेको छ। विषादी परीक्षण हुनेबारे मलाई थाहा हुँदैन,’ उनले भने। 

प्रवक्ता सञ्जेलले थुप्रै प्रकारका विषादी खाद्यान्नमा प्रयोग गरिएको पाइने हुँदा सबै विषादी जाँच गर्ने उपकरणहरु नेपालमा नभएको बताए। 

Xtrem

Xtrem

‘अहिलेभन्दा केही बढी मेसिनहरु थप्नुपर्छ, अहिले ल्याउने प्रक्रियामा छ। ती मेसिनहरु आएपछि परीक्षण कार्य हुन्छ। बढी प्रयोग हुने विषादी परीक्षण भइरहेको छ। अहिले देशमै उत्पादन हुने तरकारीमा विषादीहरु पनि परीक्षण गर्छौं। देशैभर ११ वटा थोक बजार छन्। त्यहाँ पनि विषादी परीक्षण गर्न प्रयोगशाला बनाउने कार्यक्रम छ,’ उनले भने।

देशैभरि २० वटाभन्दा बढी प्रयोगशाला छन्। प्रयोगशाला पर्याप्त भए पनि जनशक्ति र उपकरणको अभावमा सबै विषादी परीक्षण हुन नसकेको उनको भनाइ छ। नाकामा रहेका प्रयोगशालाले हरेक कन्साइनमेन्टको परीक्षण गरी कैफियत देखियो भने फिर्ता पठाउने उनले बताए।

थप उपकरणको व्यवस्थापन गर्नुपर्ने र व्यवस्थापन गर्न समय लाग्ने उनको भनाइ छ। अहिले १६ वटा स्थानबाट परीक्षण भइरहेको छ। विषादी परीक्षणका लागि यस आर्थिक वर्षमा दुई वटा उपकरण ल्याउने तयारी भएसँगै अदालतमा मुद्दा परेपछि रोकिएको उनले बताए।

त्यो रोकिए पनि हामी अर्को साल उपकरण ल्याउने प्रस्ताव राखिने उनले बताए। एउटा उपकरणलाई ३ देखि ४ करोड रुपैयाँसम्म पर्ने उनले बताए। विषादी परीक्षणमा थप जनशक्ति (टेक्निसियन) आवश्यक रहेको सञ्जेलको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्