काठमाडौं– बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत काठेखोला गाउँपालिका–५ बिहुँमा ग१च ९४८५ नम्बरको जिप दुर्घटनामा परेको हो।
गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए।
केसीका अनुसार २ जनाको घटनास्थलमै मृत्यु भएको हो। जिप मध्यपहाडी लोकमार्गबाट ५०० मिटर तल खसेको जनाइएको छ।
मृतक दुवै पुरुष रहेको केसीले बताए। जिपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।