• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

पटक–पटक सडकमा किन फ्याँकिन्छ तरकारी?

64x64
कल्पना घिमिरे सोमबार, असार ४, २०८०  २१:१४
1140x725

काठमाडौं– आइतबार मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारमा किसान र व्यापारीहरुले करिब ३० टन गोलभेँडा बजार आसपासका सडकमा फ्याँके।

जसमध्ये गोलभेँडा फ्याक्नेमा रामकोटका किसान सरोज श्रेष्ठ पनि थिए। उनले आफूले उत्पादन गरेका गोलभेँडा व्यापारीले दुई रुपैयाँमा पनि नलिने भएपछि सडकमा फ्याँक्न बाध्य भएको बताए।

‘हाम्रो गोलभेँडाको उत्पादन लागत प्रतिकिलो ३५ देखि ४० रुपैयाँ हुन आउँछ। तर बेच्दा दुई रुपैयाँ पनि नआउने भएपछि के बेच्नु ?’, उनले भने। शनिबार र आइतबार गरी उनले ६५  क्रेट गोलभेँडा सडकमा पोखेको बताए।

‘एक क्रेटमा साढे २३ केजी हुन्छ। आफ्नै करिब १५ सय केजी जति पोखियो,’ उनले थपे ‘आफूले दुःख गरेको मिहेनतको कमाइ पोख्न रहर कसलाई हुन्छ होला र? हामीले बाध्य भएर पोखेका हौँ। यहाँ हामीविरुद्ध मिडियाहरुले अनेकथरी समाचार बनाएका छन्। महँगोमा बेच्न गोलभेँडा पोखे भनेका छन्। व्यापारीले फालोस् कि किसानले फालोस्। व्यापारी र किसान किन छुट्याउनु समस्या उहि हो नबिकेर पोखेको होइन?’

सडकमा गोलभेँडा फ्याँक्नेमा किसान मात्र नभएर व्यापारी पनि रहेको उनको भनाइ छ। किसानले आफ्नो उत्पादन गोलभेँडा फ्याँक्दै गर्दा कालीमाटी तरकारी बजारभित्र भारतीय गोलभेडा थोक मूल्य प्रतिकेजी अधिकतम ५० रुपैयाँसम्ममा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख छ। 

नेपाली गोलभेँडा भने प्रतिकेजी अधिकतम १० रुपैयाँ थोक मूल्य रहेको छ। तर, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने एकसाता अघिदेखि कालीमाटीमा भारतीय गोलभेँडा नआएको दाबी गरे।

पटक–पटक किन फ्याँकिन्छ सडकमा तरकारी?
गत माघ २० चितवनका किसान गोलभेँडा, बन्दा, सिमी लगायतका थुप्रै तरकारी नबिकेपछि सडकमा पोखेर आन्दोलित भएका थिए। त्यसैको ४ दिनपछि झापाका किसानहरूले मूल्य नपाएको भन्दै जिउँदा कुखुरा र अण्डा सडकमा फ्याँकेर आन्दोलन गरे। 

मूल्य नपाएर किसानले सडकमा उत्पादन फ्याँकेका यी घटना यसै वर्षका हुन्। यसअघि पनि किसानहरुले दूधको मूल्य नपाएपछि दूध नै सडकमा खन्याएर आन्दोलन गरेका थिए। यस्तै मूल्य नपाएर बन्दामाथि डोजर चलाउन परेका घटना भने थुप्रै छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

भारतीय तरकारी बजारमा सजिलै आइपुग्छन्। भारत सरकारले कृषिजन्य उत्पादनमा ठूलो अनुदान दिएकाले भारतीय तरकारी सस्तो पर्ने सरोकारवाला बताउँछन्। तर, नेपाली तरकारी उत्पादन लागत नै बढी हुने भएकाले महँगो पर्ने हुँदा व्यापारीले खरिद नै गर्दैनन्।  

व्यापारीहरु भारतीय तरकारी सस्तोमा खरिद गरी महँगोमा बिक्री गर्छन्। यसर्थ नेपाली उत्पादनले मूल्य नपाएको देखिन्छ। अहिले पनि चितवन, धादिङ लगायतका जिल्लामा उत्पादित बन्दा मूल्य नपाउँदा बारीमै कुहिएका छन्। केही सुकेका छन्। ती बन्दा बिक्री नहुँदा वस्तुभाउलाई चराइरहेका तस्बिर आइरहेका छन्। यसप्रति सरकार भने मौन छ।

पटक–पटक यसरी किसानले तरकारी फाल्नुपर्ने बाध्यता आउनुमा सरकारले न्यूनतम समर्थन मूल्य नतोक्नु रहेको पूर्व कृषि सचिव योगेन्द्रबहादुर कार्की बताउँछन्। 

यसरी गर्न सकिन्छ समाधान 
यस्ता समस्या समाधानका लागि स्थानीय सरकारले स्थानीय स्तरका उत्पादन स्थानीय स्तरमै किनबेच गर्ने व्यवस्था मिलाइनुपर्ने उनी बताउँछन्। 

‘प्रदेश सरकार, स्थानीय तह र वडाले आफ्नो क्षेत्रभित्रको समर्थन मूल्य तोकेर स्थानीय उत्पादन स्थानीय स्तरमै खरीद बिक्रीको व्यवस्था मिलाइदिनु पर्छ। कहाँ लगेर बिक्री गर्ने, बिक्री भएन भने कसरी हुन्छ त्यसलाई भण्डारण, प्रशोधन गरेर वा सरकारले खरिद गरी के–के बनाउने हो। त्यो नीति बनाउनुपर्छ’ उनी भन्छन्, ‘फ्याँक्ने नै हो भने पनि त्यो स्थानीय सरकारले गर्नुपर्‍यो। अनि पो किसानले उत्पादन गर्छ।’

तरकारीमा आत्मनिर्भर बन्न २० प्रतिशत आयात घटाउने सरकारको नीति रहेको तर अर्कातिर स्वदेशी उत्पादित वस्तु फ्याँक्नुले हाम्रो व्यवस्थापन प्रणाली दयनिय देखिएको उनको भनाइ छ। 

साथै उनले अबका दिनमा यस्तो समस्या समाधान गर्नका लागि स्थानीय सरकारले यसमा बलियो योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताए। सरकारले उत्पादनमा लाग्ने लागत सहुलियत गर्न विभिन्न अनुदान दिनुपर्ने उनी बताउँछन्। 

‘यो समस्या समाधान गर्ने राज्यको दायित्वभित्र पर्छ। यो एउटा च्यालेन्ज आयो। अब सरकारले यसलाई बिर्सिएरभन्दा पनि अब यस्ता समस्या आउन नदिन अध्ययन गर्नुपर्छ,’ उनले भने। व्यापार व्यवसायमा उत्पादक (किसान), विचौलिया र व्यापारी सबैको उत्तिकै महत्त्व रहेको उनले बताए। 

‘विचौलियाले गर्दा किसानले मूल्य पाएनन् भन्छन्। यसलाई सरकारले व्यवस्थित गरिदिनुपर्छ। यीनीहरुले पाउने मूल्य सरकारले निर्धारण गरिदिनुपर्छ। बढीभन्दा बढी मूल्य किसानले पाउनुपर्‍यो। उपभोक्ताले उचित मूल्यमा पाउनुपर्‍यो। जस्तै उपभोक्तालाई एक सय रुपैयाँ पर्छ भने किसानले ६०/७० रुपैयाँ पाउनुपर्‍यो,’ उनले भने।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ: मन्त्री चौधरी अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावन... बुधबार, साउन २७, २०८३
सांसद मन्डलको प्रश्न : मल पर्याप्त छ भने कहाँ छ ? मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले कृषि मन्त्रीले मल पर्याप्त रहेको दाबी गरे पनि किसानले मल नपाएको बताएका हुन्। मंगलबार, साउन २६, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०,... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
रास्वपा नेता यादव पक्राउ बुधबार, साउन २७, २०८३
बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी बुधबार, साउन २७, २०८३
सर्वाेच्च अदालतद्वारा मन्त्री र सांसदकाे याेग्यता ताेक्न अस्वीकार बुधबार, साउन २७, २०८३
कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ: मन्त्री चौधरी बुधबार, साउन २७, २०८३
कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्